April 14, 2018

 सिरियामा अमेरिकि सेनाले मिसाइल आक्रमण सुरु गर्यो

काठमाडौँ १ बैशाख -अमेरिकि सेनाले सिरियामा मिसाइल आक्रमण सुरु गरेको छ । सिरियाको विद्रोहीहरुले नियन्त्रण गरेको क्षेत्रमा रसायनिक आक्रमणको जवाफमा अमेरिकाले सिरियाली सेनाविरुद्ध आक्रमण गरेको हो ।

अमेरिकाको सैन्य हमलामा फ्रान्स र बेलायतले पनि साथ दिएका छन् । ट्रम्पले दुई देशको सहयोगमा सिरियामा क्षेप्यास्त्र हमलाको अनुमति दिएको पनि बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेलायती प्रधानमन्त्री टेरिजा मेले सिरियामा बल प्रयोग गर्नुको कुनै विकल्प नभएकाले आक्रमण गर्नुपरेको बताएको बीबीसीले जनाएको छ । तर रुसले भने सिरियाली सरकारलाई सहयोग गर्दै आएको छ ।

सिरियामा आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणालगत्तै राजधानी दमास्कस वरपर विष्फोटका ठूला आवाज सुनिएका छन् । अमेरिकी अधिकारीहरुले यस सैन्य कारवाहीमा लडाकू विमान र युद्धपोतको समेत प्रयोग गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने