March 25, 2018

७० बर्षपछि कार्यकारी पदबाट हट्ने भन्ने विवाद एमाले – माओवादी कार्यदले टुङ्ग्याउन सकेन

 काठमाडौं चैत ११


एमाले–माओवादी केन्द्रको चुनाव चिन्ह

 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बन्न लागेको नेपाल कम्युनिस्ट पार्टीको विधान तयार भएको छ। शनिबार दिउँसो दुई पार्टीका चार नेताले विधानलाई अन्तिम रुप दिएका छन्।विधान तयार गर्न कार्यदलमा रहेका मन्त्री बाहेकका दुबै पार्टीका नेताहरु दुई दिन, दुई रात मोबाइल अफ गरेर गुप्तबास बसेका थिए।

कार्यदलमा रहेका एमालेका विष्णु पौडेल, सुरेन्द्र पाण्डे र बेदुराम भुसाल तथा माओवादी केन्द्रका जनार्दन शर्माले गोकर्ण रिसोर्टमा बसेर विधानमाथिको दफावार छलफल सकेका हुन्।गृहमन्त्री समेत रहेका माओवादी नेता रामबहादुर थापाको संयोजकत्वमा रहेको विधान मस्यौदा कार्यदलले आज साँझसम्म औपचारिक रुपमा बैठक बसेर उक्त विधानलाई अनुमोदन गर्ने कार्यदलका एक सदस्यले बताए।स्रोतका अनुसार, नयाँ विधानमा ७८ धारा राखिएको छ। दुबै कम्युनिस्ट पार्टी कमिटी प्रणालीमा चल्ने भएकाले धेरै विषयमा विवाद नभएको कार्यदलका ती सदस्यले बताए ।

७० वर्षमा कुरा मिलेन
कार्यदलमा पार्टी कमिटीमा बस्ने नेताहरुको उमेरको हदका बारेमा भने सहमति जुट्न सकेन। एमालेको विधानमा रहेको ७० वर्ष पुगेपछि कार्यकारी कमिटीमा बस्न नपाउने भन्ने प्रावधान नयाँ विधानमा पनि राख्ने कुरालाई माओवादी प्रतिनिधिले स्वीकार गरेनन्।

एमालेभित्रै पनि त्यसबारेमा एकमत छैन। बैठकमा एमालेका बेद्ुराम भुसाल र सुरेन्द्र पाण्डेले सो प्रावधानका पक्षमा, विष्णु पौडेल र जनार्दन शर्माले विपक्षमा मत राखेपछि कार्यदलमै टुंगो लगाउने गरी थन्काइएको छ।

७० वर्षे प्रावधान लागू भएमा एमालेका बामदेब गौतम र झलनाथ खनाललाई उक्त बुँदा लागू हुनेछ भने माओवादीका अमिक शेरचनले विदा लिनुपर्नेछ ।

विधानमा जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाई एउटै लहरमा राखेर व्याख्या गरिएको छ भने माक्र्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्त बनाइएको छ।

माओवादीले भन्दै आएको जनयुद्धलाई पनि विधानमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र