March 18, 2018

फोरम र राजपालाई सरकारमा ल्याउने तयारी, मन्त्रालय अझै थपिने

काठमाडौं, चैत ४ ।प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा सहाभागि गराउने तयारी गरेका छन् ।फोरमलाई सरकारमा सहभागी गराउन तीन मन्त्रालय खाली राखेका प्रधानमन्त्री ओलीले राजपालाई समेत सहभागी गराउन अरु मन्त्रालय थप्ने तयारी गरेको स्रोतले बताएको छ ।

ओली सरकार गठन हुँदा ३१ बाट १८ बनाइएको मन्त्रालयको संख्या तीन साता नपुग्दै बढाएर २१ पुर्याइएको छ । फोरमलाई सरकारमा सामेल गराउन मन्त्रालयको संख्या बढाउनु परेको जनाइएको छ ।

मन्त्रालयबारे यसअघि गरेको निर्णय २२ दिन पनि टिक्न सकेन । मन्त्री थप्नका लागी शिक्षा, विज्ञान तथगा प्रविधि युवा तथा खेलकुद मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय टुक्राइएको छ । यस्तै, श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयलाई फोडेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र श्रम तथा रोजगार र सामाजिक सुरक्षा मन्त्रालय बनाइएको छ ।

खानेपानी तथा शहरी विकास मन्त्रालय फुटाएर खानेपानी र शहरी विकास अलग अलग मन्त्रालय बनाइएको छ । यसअघि नै मन्त्रीपरिषद विस्तार हुँदा दुवै दललाई सहभागि गराउने भनिए पनि सरकारसँग सहमति हुन सकेको थिएन ।

दुवै दलले संविधान संशोधन हुने भए मात्रै सरकारमा सहभागि अडान लिएका छन् । राजपाले भने पछिल्लो समय प्रतिनिधीसभा सदस्यमा विजयी भएका रेशम चौधरीको मुद्दा फिर्ता लिए मात्रै सरकारमा सहभागि हुने बताएको छ ।

प्रधानमन्त्रीले भने दुवै दललाई माग पूरा गरिदिने आश्वासन दिएर सरकारमा आउन आग्रह गरिरहेका छन् । तर लिखित प्रतिवद्धता नआएसम्म आफूहरु सरकारमा सहभागि नहुने दुवै दलको धारणा छ ।

तर प्रधानमन्त्री ओलीले अझै मन्त्रीपरिषद विस्तारका लागि भन्दै दुईवटा मन्त्रालय बाँकी राखेका छन् । जुन फोमरका लागि भनिएको छ ।

राजपालाई पनि सरकारमा सहभागि गराउन सके अरु मन्त्रालय पनि थप्ने तयारीमा ओली रहेका छन् ।

सिंहदरबारका धेरै अधिकार प्रदेश र स्थानीय तहमा हस्तान्तरण भइसेकाले अधिकार सम्पन्न संघीय पुनर्संरचनाको सिफारिसमा सरकारले मन्त्रालय संख्या घटाएर १८ बनाएको थियो । अझ संसदको राज्य व्यवस्था समितिले केन्द्रमा १५ मन्त्रालय कायम राख्न मन्त्रालयको नामसहित सरकारलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना