March 12, 2018

लोकतन्त्र मासिन्छ कि भन्ने चिन्ता नगर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २८फागुन / प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकतन्त्र मासिन्छ’ भन्ने चिन्ता आजैदेखि फाल्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको हिजोको  बैठकमा विश्वासको मत लिनेक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले वर्तमान सरकारले लोकतन्त्रको रक्षा नै गर्ने भएकाले अनावश्यक चिन्ता नलिन आग्रह गर्नुभयो । उहाँले सरकार समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्दै लोकतन्त्रमा मात्रै समृद्धिको यात्रा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले औचित्यका आधारमा संविधान संशोधन गर्ने विश्वास व्यक्त गर्दै संविधान संशोधन नै हुन सक्दैन भनेर आफूले कहिल्यै नभनेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले औचित्यका आधारमा संविधान संशोधन गर्छ । सबै असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउँछ ।” लडाइँ, झगडाबाट मुलुकले मुक्ति पाइसकेको भन्दै उहाँले अब त्यसको कुनै आवश्यकता नभएकाले देश एकजुट छ भन्ने सन्देश दिन सबै पक्षको समर्थन चाहेको उल्लेख गर्नुभयो ।

सरकारले जनविरोधी काम ग¥यो भने खबरदारी नगरुन् भन्ने आफ्नो उद्देश्य नरहेको उहाँको भनाइ थियो । प्रधानमन्त्रीले भन्नुभयो, “हामीसँग भएको दुईतिहाई मत देश एकजुट छ भन्ने सन्देश जनतालाई र विश्वलाई दिन आफूले सबैलाई आग्रह गरेको हो ।” उहाँले आफू एमाले र माओवादी केन्द्रको मात्रै प्रधानमन्त्री नभई नेपालको प्रधानमन्त्री भएकाले कुनै पनि शंका नगर्न अनुरोध गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “म प्रधानमन्त्री एमालेको होइन, एमाले र माओवादी केन्द्रको मात्र होइन, नेपालको प्रधानमन्त्री हो । म त्यहीअनुसार काम गर्छु । एमाले र माओवादी केन्द्रको तालमेलको नीतिअनुसार मलाई प्रधानमन्त्रीमा पठाएको हो । तर म अहिले देशको प्रधानमन्त्री हो ।”

वर्तमान सरकारले देशको पक्षमा काम गर्ने दृढता पेश गर्दै प्रधानमन्त्रीले सबै प्रकारको समस्याको समाधान तीव्रगतिका साथ गर्न चाहेको उल्लेख गर्नुभयो । सरकारले गन्तव्य तोकेर, लक्ष्य तोकेर, बाटो तय गरेर नीति तयार गरेर योजना बनाएर अगाडि बढ्ेको भन्दै प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकार हिँड्दै जाँदा कहाँ पुगिएला भनेर होइन लक्ष्य तोकेर यात्रा तय गरेको स्पष्ट पार्नुभयो ।

जनताका सामु गरेको सबै प्रतिबद्धता पूरा गरेरै छाडिने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले आफ्नो प्रतिबद्धतामा कुनै कमी नआएको बताउनुभयो । वादविवाद प्रतियोगिता गरेर केही फाइदा नभएको भन्दै उहाँले आफू परिणाममा विश्वास गर्ने र देशको अर्थतन्त्रमा सकारात्मक परिणाम निकालेरै छाड्ने स्पष्ट पार्नुभयो ।

जनताको जीवनमा परिवर्तन ल्याउने गरी वर्तमान सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले आफ्नो प्रतिबद्धतामा कुनै पनि कमी नआउने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “के गर्दा मुलुकको पक्षमा काम हुन्छ, कसरी राम्रो हुन्छ भन्नेमा मेरो इमान्दारिता देश र जनताप्रति हो, सुशासनका लागि हो, विकासका लागि हो । मेरो विश्वासमा भरोसा गर्दा फरक पर्दैन ।”

प्रधानमन्त्रीले कैलाली घटनाका दोषीलाई गिरफ्तार गरेर कारबाही गरिएको सदनलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बोक्सी प्रकरणमा संलग्न दोषीलाई कारबाही गर्न निर्देशन दिइएको छ । छाडिएका दोषीलाई पुनः कारबाही गर्न पक्राउ गरिएको छ ।” सामाजिक पछौटेपनका कारण बोक्सीको घटना घटेको भन्दै प्रधानमन्त्री ओलीले दोषीलाई कडा कारबाही गरेर छाड्ने र कोही कसैलाई पनि छुट नदिइने स्पष्ट पार्नुभयो । उहाँले वर्तमान सरकारले सामाजिक अपराध, मानवता विरोधी घटना र दण्डहीनतालाई सहन गरेर नबस्ने र सह्य नहुने पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न

सम्पत्ति विवरणबारे गृहमन्त्री गुरुङको स्पष्टोक्ति

काठमाडौँ, वैशाख ७ गते । गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै