March 4, 2018

गोकुल बास्कोटालाई मन्त्री बनाउदा एमाले र काभ्रेकै हित

FB_IMG_1520147892874बिष्णु चौलागाईं ,फाल्गुन २०, काभ्रे ।नयाँ सरकार गठनसँगै सरकारमा को मन्त्री बन्लान कस्ता मन्त्री आउलान भन्ने चासो सर्वत्र छ । प्रधानमन्त्री केपी ओलीले दुई पटक मन्त्रीमण्डल विस्तार गर्दा स्वच्छ छविका मन्त्रीहरु मात्रै अगाडी ल्याएकाले अव थप हुने मन्त्रीहरुमा पनि त्यस्तै अनुहार आउने आशा सबैले गरेका छन् ।
महिलामन्त्रीमा थममाया थापा र बाताबरण मन्त्रीमा लालबाबु पण्डितलाई मन्त्रीमा नियुक्त गरेकै दिनवाट यो सरकारमा राम्रा र असल मानिसहरुले मात्रै मौका पाउछन भन्ने अपेक्षा धेरैले गरेका थिए । नभन्दै दोस्रोपटक मन्त्रीपरिषद विस्तार हुँदा त्यस्तै स्वभाव र विशेषताका मन्त्रीहरु नै आएपछि सरकारले सुशासन र विकास सुनिश्चित गर्ने अपेक्षा जनताले पनि गरेका छन् ।

आफूले कार्यभार सम्हालेको डेढ हप्तापछि प्रधानमन्त्री केपी ओलीले गठबन्धन सहयात्री माओवादी केन्द्रलाई समेत सामेल गर्दै मन्त्रिपरिषद् विस्तार गरेसँगै नयाँ सन्देश दिएका हुन । एमालेका ईश्वर पोख्रेलले रक्षा र युवराज खतिवडाले अर्थ मन्त्रालय पाएका छन । माओवादी केन्द्रका रामबहादुर थापाले गृह र मातृका यादवले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा पाएका छन । यसरी चार मन्त्री थपिएपछि मन्त्रिपरिषद् सात सदस्यीय बनेको छ ।
सोमवार मन्त्री बनेकामध्ये युवराज खतिवडाबाहेक सबै राजनीतिमा सक्रिय नेता हुन । योजना आयोगका पूर्व उपाध्यक्ष एवम् राष्ट्र ब्याङ्कका पूर्व गभर्नर खतिवडा अर्थ क्षेत्रका विज्ञ हुन । उनले आफ्नो विज्ञता रहेको क्षेत्रसँग सम्बन्धित मन्त्रालय सम्हाल्ने मौका पाएका छन । उनी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रिय सभामा मनोनित भएका थिए । एमालेका महासचिव ईश्वर पोख्रेलसँग विगतमा उपप्रधानमन्त्री र मन्त्रीको कार्यभार सम्हालेको अनुभव छ । माओवादी केन्द्रबाट विगतमा असन्तुष्टि पोखेर पार्टी छाडेका र पछि फर्किएका दुई नेता रामबहादुर थापा र मातृका यादव प्रारम्भिक चरणमा मन्त्रिपरिषद्मा सहभागी भएका छन ।
नयाँ सरकारमा १८ वटा मन्त्रालय हुने भएकाले अझै ११ मन्त्रालयमा मन्त्री चयन गर्न बाँकी रहेको छ । एमालेले ११ माओवादीले ७ मन्त्रालय लिने यसअघिको सहमति भएपनि फोरम नेपाल समेत सरकारमा आउने भएपछि केही मन्त्रालय घटबढ हुने सम्भावना छ । अघिल्लो कार्यकालमा ६ जनासम्म उपप्रधानमन्त्री बनाउँदा जनस्तरमा आलोचना भएकाले प्रधानमन्त्रीले उपप्रधानमन्त्री नराख्ने बुद्धिमतापूर्ण निर्णय गर्नुभएको छ ।
सरकारमा एमालेले पाउन बाँकी मन्त्रालयहरुमा उपाध्यक्ष भीमबहादुर रावल,स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे मन्त्रीको सूचिमा छन् । तैपनि नयाँ बन्ने सरकारमा काभ्रेवाट प्रतिनिधित्व गर्ने सांसद गोकुल बाँस्कोटाले मन्त्री बन्ने विषयमा बढि महत्व पाएको छ । अवसर नपाएका र क्षमता देखाउन सक्ने सम्भावनायुक्त नेताको रुपमा लिएर बाँस्कोटालाई शिक्षा तथा खेलकुद मन्त्री बनाउनुपर्ने आवाज चर्को रुपमा उठिरहेको छ । गोकुल बाँस्कोटाको नाम मन्त्रीमा त्यतिकै चर्चामा आएको भने हैन । केपी ओलीसँग निकटमा रहेर लामो समयदेखि काम गरेको अनुभवले प्रधानमन्त्रीलाई सघाउने मन्त्रीको रुपमा पनि बाँस्कोटाको अहिलेको सरकारमा उपस्थिती हुनुपर्ने आवाज एमाले भित्रैवाट आएको छ । सरकार राम्रोसँग चलाउने प्रधानमन्त्रीलाई सहयोग गर्ने टिमको राम्रो र बलियो नेताको रुपमा बाँस्कोटालाई मन्त्री बनाउनुपर्ने एमालेभित्रैवाट दवाब आएको छ ।
सोही कारणपनि प्रदेश नम्बर तीनको सरकार गठन हुँदा काभ्रेवाट कसैलाई पनि मन्त्री नबनाएर एमाले नेतृत्वले बाँस्कोटालाई महत्वपुर्ण मन्त्रालयको जिम्मेबारी दिन खोजेको संकेत गरेको छ । केही दिनयता एमाले बृतदेखि सरकारका शुभचिन्तक सुबेच्छुकहरुले पनि गोकुल बाँस्कोटाकै उदहारण दिएर उहाँ जतिकै नेतालाई सरकारमा लैजान सुझाव पनि दिइरहेका छन् । यो सबैका पछाडी सरकारमा एमालेको बलियो उपस्थिती देखाउन सक्ने खुबी बाँस्कोटामा हुनु नै हो । त्यसैले बाँस्कोटालाई मन्त्री बनाउदा देशसँगै एमालेका लागि पनि राम्रो हुने देखिएको छ ।
अर्को कुरा गत संसदीय चुनावमा केपी ओलीपछि दोस्रो लोकप्रिय मत ल्याउने नेता पनि गोकुल बाँस्कोटा हुन । त्यसैले पनि ओलीको टिममा उनी सहभागी हुने एमाले केन्द्रिय नेतृत्वको दावि छ । सरकारमा संघीय समाजवादी फोरम सहभागी हुँदा केही मन्त्रालय घटेपनि बाँस्कोटालाई भने सरकारबाहिर नराख्ने योजना एमाले अध्यक्ष केपी ओलीको रहेको बुझिएको छ । बाँस्कोटालाई मन्त्री बनाउदा लोकप्रिय मतको सम्मान हुनुका साथै नयाँ र पुरानाको समिश्रणले पार्टिलाई जिवन्त दिने हुदाँ प्रतिनिधि सभा सदस्यमा देशभरमै दोश्रो पपुलर मत ल्याउने युवा नेतृत्वलाई अवसर दिइएको सन्देश पनि जाने देखिएको छ । केही दिनअघि मात्रै केन्द्रमा १८ वटामात्रै मन्त्रालय राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । मन्त्रालयको संख्या १८ भएपनि संविधानअनुसार उपप्रधानमन्त्री, मन्त्री, सहायक र राज्यमन्त्री गरी २५ जनासम्म मन्त्री राख्न पाइन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना