सन्दीपको अर्को उपलब्धि

 नेपाली राष्ट्रिय क्रिकेटर सन्दिप लामिछाने क्रिकेट वेष्ट इण्डिजको आयोजनामा हुने क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा अनुबन्धित भएका छन् ।

सन्दिपलाई बिहीबार राति इंग्ल्याण्डमा भएको अक्सनमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले ५ हजार डलरमा खरिद गरेको हो ।

इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) मा अनुबन्धित भएर चर्चामा आएका सन्दिप क्यारेवियन प्रिमियर लिगमा समेत खेल्ने भएपछि उनको चर्चा झन चुलिएको छ ।

१७ बर्षीय लेग स्पिनर सन्दिप क्यारेवियन लिग खेल्ने पहिलो नेपाली समेत भएका छन् ।

सन्दिप अनुबन्धित बनेको सेन्ट किड्स एण्ड नेभिस प्याट्रियट्स क्लबमा वेष्ट इण्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेलका साथै क्रिस मोरिस, बेन कटिङ स्यामुअल बद्री, मोहम्मद नाभीलगायतका खेलाडी छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार