February 28, 2018

विप्लवविरुद्ध पक्राउ पूर्जी जारी

 


नेत्रविक्रम चन्द विप्लव

नेत्रविक्रम चन्द विप्लव
 
 

फाल्गुन १६, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ विरुद्ध पक्राउ पूर्जी जारी भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चन्दविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो। विप्लवलाई ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थ सम्बन्धी मुद्धामा अदालतले वारेन्ट जारी गरेको हो।‘जिल्ला रोल्पा साविक इरिवाङ गाविस केवरी जन्म भई हाल जिल्ला कपिलवस्तु शिवाराज नगरपालिका वार्ड नं ९ बस्ने चित्रबहादुर चन्दको छोरा वर्ष ५० को विप्लव भन्ने नेत्र विक्रम चन्दलाई ज्यान मार्ने उद्योग र विष्फोेटक पर्दा मुद्धाको कसुरमा गिरफ्तार गर्नुपर्ने हुनाले यो वारेण्ट बदर नभएसम्म अभियुक्तलाई तदारुकताका साथ खोजतलास गर्दै रही फेला परेको बखत पक्री बाटोमा भाग्न उम्कन नपाउने गरी यस अड्डामा पठाइदिनुहुन’ भोजपुर जिल्ला अदालतको फैसला उधृत गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले म्यार्दी पूर्जीमा उल्लेख गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी नरेन्द्रकुमार कार्कीले अदालतको आदेश अनुसार पक्राउ पूर्जी विप्लवको घरमा टाँसेको बताए। ‘जिल्ला अदालत भोजपुरको आदेश अनुसार हामीले विप्लवको घरमा पक्राउ पूर्जी टाँस गरेका छौं, हामीले अदालतको आदेश कार्यान्वयन गरेका हौं,’ नेपालखबरसंग कुरा गर्दै उनले भने।स्थानीय लगायत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बहिष्कार गरेको विप्लव समूहले ठाउँठाउँमा वम विष्फोट गराएको थियो। प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनपछि प्रायः सबै मुख्य नेताहरु भुमिगत अवस्थामा छन्। प्रहरीले पनि नेकपाका कार्यकर्तामाथि कडा निगरानी गर्न थालेको छ। केहि दिनअघि नेकपाका पोलिटब्युरो सदस्य हेमन्तप्रकाश वलीलाई जनस्वयंसेवकको तेश्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न विराटनगर गएको मौका पारेर प्रहरीले पक्राउ गरेको थियो। यस्तै, प्रहरीले विप्लवका जिम्मेवार नेता कार्यकर्तालाई पक्राउ गरिरहेको छ।

विप्लवलाई पक्राउ गरेपछि नेकपाका कार्यकर्ता आक्रोशित भएका छन्। सामाजिक सञ्जालमा उनीहरुले पक्राउ पूर्जीविरुद्ध आक्रोश पोखिरहेका छन्। नेकपाका पोलिटब्युरो सदस्य भरत वमले फेसबुक स्टाटसमार्फत सरकारी दमनको प्रतिरोध गरिने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,