February 26, 2018

माओवादीबाट सरकारमा जाने ६ जना मन्त्रीको टुंगो लाग्यो 

काठमाडौँ, १४ फागुन  : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तारको तयारी गरेसँगै आजै ४ बजेका लागि राष्ट्रपति भवन, शीतल निवासमा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय भएको छ ।

 

यही फागुन ३ गते प्रधानमन्त्री नियुक्त नेकपा (एमाले)का अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) र सकेसम्म मधेशी जनाधिकार फोरम नेपाललाई समेत समेटेर मन्त्रिमण्डल विस्तार गर्न लागेको थाहा भएको छ।

 

हाल मन्त्रिपरिषद् तीन सदस्यीयमात्र छ भने पछिल्लो संशोधित कार्यसम्पादन नियमावलीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालय हुनेछ ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले आज ४ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको जानकारी दिएका छन्  । एमालेले अर्थ तथा योजना र केन्द्रले गृह मन्त्रालयसहित विभिन्न मन्त्रालयको जिम्मेवारी लिने आपसी सहमति भइसकेको बुझिएको छ । दुवै दलले मन्त्री चयनको अन्तिम निर्णयको अधिकार पार्टी अध्यक्ष एवं शीर्ष नेतालाई दिएका छन् ।
सरकारमा सहभागी हुनेमा माओवादी केन्द्रले मन्त्रीको टुंगो लगाएको छ । माओवादी केन्द्रले रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।

 

माओवादी केन्द्र उच्च स्रोतका अनुसार, माओवादीले वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणी पोखरेल,  मातृका यादव र बिना मगर मन्त्री बनाउने भएको छ । पम्फा भूषाल कि शक्ति बस्नेत भन्ने टुंगो लाग्न अझै बाँकी रहेको स्रोत बताउछ।  माओवादीमा उर्जा मन्त्रालय जनार्दन कि वर्षमान पुन भन्ने पनि टुंगो नलागेको बताइन्छ।

एमालेको भागमा परेका मन्त्रालयहरु
अर्थ तथा योजना
परराष्ट्र
रक्षा
भौतिक पूर्वाधार तथा यातायात
संघीय मामिला तथा सामान्य प्रशासन
सूचना सञ्चार
कानुन, न्याय तथा संसदीय मामिला
पर्यटन
शिक्षा तथा खेलकुद
स्वास्थ्य तथा जनसंख्या

माओवादी केन्द्रको भागमा परेका मन्त्रालयहरु

गृह
जलस्रोत तथा ऊर्जा
उद्योग, वाणिज्य तथा आपूर्ति
शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
वन तथा वातावरण
कृषि, सहकारी तथा भूमि व्यवस्थापन
श्रम तथा रोजगार तथा महिला बालवालिका

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,