.jpeg)
फाल्गुन १२, काठमाणडाैं । बाम गठबन्धनकाे नारा िदएर एउटै घोषणापत्रमा चुनाव लडेका नेकपा (एमाले) र माओवादी केन्द्रले अझै भागबन्डाको राजनीति भने छाडेका छैनन् । नयाँ सरकारमा एमालेले १० र माओवादी केन्द्रले गृह मन्त्रालयसहित ७ वटा मन्त्रालय पाउनेगरी भागबण्डा भएपछि माओवादीभित्र गृह मन्त्रालय लिन तँछाडमछाड भएको छ ।
माओवादी तर्फबाट सरकारमा जाने वरिष्ठ नेता सबैले गृह मन्त्रालय ताकेर गनगन गर्दै हिडेका छन् । यसरी गनगन गर्ने नेतामा रामबहादुर थापा ‘बादल’, वर्षामान पुन तथा जनार्दन शर्मा देखिएका छन् । रामबहादुर थापा पहिले पनि रक्षा मन्त्री भइसकेको भन्दै उनले गृह मन्त्रालयमा चासो देखाएका छन् । तर, उनलाई उपप्रधानमन्त्री दिए अरू कुनै मन्त्रालय दिँदा पनि चित्त बुझ्ने देखिँदा वर्षामान पुनको गृह मन्त्री हुने सम्भावना बढेको थियो । तर, प्रधानमन्त्री केपी ओली तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच उपप्रधानमन्त्री नराख्ने सहमति भएकाले बादल नै गृह हुने चर्चा पुनः बढेको छ । यसअघि गृह मन्त्री रहिसकेका जनार्दन शर्मा पनि गृह मन्त्रालय आफैँले पाउनुपर्नेमा जोड दिइरहेका छन् । तर, बादललाई गृह मन्त्रालय दिएमा शर्माले बादललाई समर्थन गर्ने संकेत पनि देखिएको छ ।
पुनले भने आफूले गृह नपाए संघीय संसद्को सभामुखमा उनकी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीलाई दोहोर्याउनुपर्ने लबिङ गर्दैछन् । तर सभामुखमा कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र अग्नि सापकोटाको नाम आउन थालेपछि पुन गृह मन्त्रालय नै लिन जोडबल गरिरहेका छन् ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र