
काठमाडौं, फागुन ११ गते । ‘माओवादीलाई यो हैसियतमा ल्याउने हामी रोल्पाली अनि डाडुपन्यु चलाउन वाहिरकालाई हामीले किन दिने ?’ आजभोलि रोल्पाली माओवादी केन्द्रका नेताहरुबीच यो चर्चा चलिरहेको छ ।हामी रोल्पाली फुट्नुको कारण दुःख पाइएको भन्दै यसपटक एकअर्कालाई जमेर सहयोग गर्ने सहमति भएको ती नेताले साँघुलाई बताए ।
यसपटक सभामुखमा कृष्णबहादुर महरा, गृहमन्त्रीमा वर्षमान पुन, उपराष्ट्रपतिमा नन्दकिशोर पुन कम्तीमा बनाउने सहमति भएको उनको भनाइ छ । मन्त्रीमा जयपुरी घर्तीलाई लैजान अन्तिम समयसम्म कोसिस गर्ने, नसके प्रमुख सचेतक बनाउने योजना रहेको रोलपाली नेता निकट स्रोत बताउछ । पार्टी फुटाएर आएकालाई प्राथमिता दिने, जहिले पनि रोल्पा भन्ने वित्तिकै रुकुमलाई प्रतिस्पर्धामा ल्याउने प्रचण्डको तरिकासँग पनि आक्रोसित भए पनि अहिले प्रचण्डसँग लड्ने भन्दा पनि प्रारम्भमा फकाएर नै जानुपर्ने उनीहरुले निश्कर्ष निकालेको पनि स्रोतले दावी गरेको छ । पुराना नेतालाई एक ठाउँमा ल्याउन रोल्पाका युवा, विद्यार्थीको पनि विशेष हात रहेको छ । लड्नुपरेमा भित्र लड्ने तर वाहिर नलड्ने उनीहरुले समझदारी बनाएका छन् ।
गृहमन्त्रीमा वर्षमान पुनको साटो रामबहादुर थापा ‘वादल’ र उपराष्ट्रपति नन्दकिशोर पुनको साटो अमिक शेरचनलाई ल्याउने चर्चा चलिरहेको भन्दै यसो भएमा प्रचण्ड पनि चितवनवादी भएको निश्कर्ष निकाल्नु पर्ने र त्यस्तो स्थितिमा रोल्पालीले प्रचण्डलाई पनि छाड्नुपर्ने हुनसक्ने माओवादी केन्द्रका रोल्पाका एक स्थापित नेताले कडा चेतावनी दिए– ”लड्ने मर्ने, रगत बगाउने हामी रोल्पाली अनि खाने बेलामा अरु ठाउँकालाई कसरी हुनसक्छ ? त्यस्तो अवस्थामा रोल्पालीले प्रचण्डलाई छाडिदिनु पर्छ ।”
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र