February 11, 2018

एमालेका ४१ समानुपातिक सांसद, नवीना लामादेखि मोतिलाल दुगडसम्म (सूचीसहित)

   काठमाडौं माघ २८,काठमाडौं। एमालेले प्रतिनिधिसभाको समानुपातिक तर्फ सांसद बन्नेको सूची निर्वाचन आयोगमा बुझाएको छ। एमालेले समानुपातिक तर्फ ४१ सिट जितेको थियो। जसमध्ये एमालेले संघीय संसदमा एक तिहाई महिला सहभागिता सुनिश्चित गर्न ३७ जना महिलालाई पठाएको छ।एमालेबाट सांसद बन्ने चार पुरुषमा खस आर्यबाट मुकुन्द न्यौपाने, आदिवासी जनजातीबाट विषय विजय सुब्बा, पिछडिएको क्षेत्रबाट मोहन बाँनिया र मधेसी पुरुषबाट मोतीलाल दुगड परेका छन्। २०६४ सालमा सद्भावना आनन्दीदेवीबाट समानुपातिक सांसद बनेका मोतीलाल दुगड पनि एमालेको सूचीमा परेका छन्। एमालेबाट सांसद सिफारिश  भएका दुगड  व्यापारी हुन्।  २०७० को चुनावमा पत्रिका विज्ञापन गरेर पार्टी समेत खोलेका थिए। उनले आफ्नो पार्टी एमालेमा विलय गराएका थिए।

सांसद सिफारिश हुनेमा एमाले स्थायी समिति सदस्य तथा प्रदेश नम्बर ५ का मुख्यमन्त्री दाबेदार शंकर पोखरेलकी श्रीमती तथा एमाले केन्द्रीय सदस्य सुजिता शाक्य, अनेरास्ववियू अध्यक्ष नविना लामा, पूर्वविद्यार्थी नेतृ रामकुमारी झाक्री पनि छन्। त्यस्तै पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सांसद बनेकी शान्ता चौधरी पनि पुन:  सांसद बनेकी छन्।

त्यस्तै एमाले पोलिटब्युरो सदस्य रघुवीर महासेठकी श्रमती जुली महतो पनि  सूचीमा  छन्। उनी व्यापारी उपेन्द्र महतोको बहिनी हुन्। त्यस्तै एमाले भातृ संगठन यूवा संघकी नेतृ निरुदेवी पाल पनि सांसद बनेकी छिन्।निर्वाचन आयोगले दलहरुलाई समानुपातिक सूची बुझाउन सोमबारसम्मको समय दिएको छ।

 एमालेको समानुपातिक सांसदको सूची-

 
 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र