February 6, 2018

पाथिभरा पर्यटन महोत्सवले पर्यटकको संख्या बढाउने

 

 


 

पाथिभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथन फागुन १ गते देखि ३ गते सम्म ताप्लेजुङमा हुने भएको छ। आन्तरिक र बाह्य पर्यटकहरुको संख्या वृद्धि गराउने उद्देश्यले महोत्सवको आयोजना गरेको आयोजकले जानकारी दिएको छ।

यो महोत्सवले ताप्लेजुङलाई पर्यटकीय क्षेत्रको रुपमा स्थापित गराउन सहयोग पुग्ने ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले बताए। उनले ताप्लेजुङमा पर्यटक आगमनमा बढाउन सुकेटार विमानस्थलको स्तरोन्नतिको काम अगाडि बढाएको जानकारी दिए। साथै ताप्लेजुङ सम्म जाने वैकल्पिक मार्गको खोजी समेत भइरहेको उनले बताए।

तीन हजार सात सय ९४ मटिर उचाईमा रहेको पाथीभरा मन्दिर, २८ जातिका लालिगुराँस, १०० भन्दा बढी प्रजातिका सुनाखरी, विश्वको तेस्रो र नेपालको दोस्रो सर्वोच्च शिखर कञ्चनजंघा समेत ताप्लेजुङ जिल्लाको मुख्य पर्यटकीय गन्तव्य हुन्। यी पर्यटकीय गन्तव्यको प्रचार प्रसार गर्न सकेमा पर्यटकको संख्या वृद्धि हुने महोत्सव आयोजक समितिका सह संयोजक पुष्प बहादुर बरुवालले बताए।

पाथिभराका साथै ताप्लेजुङको पर्यटकीय सौन्दर्य, जैविक विविधता, प्राकृतिक स्रोत र जातीय सदभाव तथा सांस्कृतिक अनेकतालाई महोत्सव मार्फत चिनाउन चाहेको महोत्सव आयोजक समितिका सह संयोजक बरुवालले बताए। तीन दिनसम्म चल्ने महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी, हिमालयन गाइड्स पाथीभरा म्याराथनसहित विभिन्न खेलकुद र सांकृति झाँकीहरुको प्रदर्शनी समेत रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

 चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल

पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो

काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal

दरबन्दीभन्दा  बढी कर्मचारी नराख्न गृह र संघीय मामिलालाई प्रधानमन्त्री कार्यालयको पत्र

जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३