February 6, 2018

पाथिभरा पर्यटन महोत्सवले पर्यटकको संख्या बढाउने

 

 


 

पाथिभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथन फागुन १ गते देखि ३ गते सम्म ताप्लेजुङमा हुने भएको छ। आन्तरिक र बाह्य पर्यटकहरुको संख्या वृद्धि गराउने उद्देश्यले महोत्सवको आयोजना गरेको आयोजकले जानकारी दिएको छ।

यो महोत्सवले ताप्लेजुङलाई पर्यटकीय क्षेत्रको रुपमा स्थापित गराउन सहयोग पुग्ने ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले बताए। उनले ताप्लेजुङमा पर्यटक आगमनमा बढाउन सुकेटार विमानस्थलको स्तरोन्नतिको काम अगाडि बढाएको जानकारी दिए। साथै ताप्लेजुङ सम्म जाने वैकल्पिक मार्गको खोजी समेत भइरहेको उनले बताए।

तीन हजार सात सय ९४ मटिर उचाईमा रहेको पाथीभरा मन्दिर, २८ जातिका लालिगुराँस, १०० भन्दा बढी प्रजातिका सुनाखरी, विश्वको तेस्रो र नेपालको दोस्रो सर्वोच्च शिखर कञ्चनजंघा समेत ताप्लेजुङ जिल्लाको मुख्य पर्यटकीय गन्तव्य हुन्। यी पर्यटकीय गन्तव्यको प्रचार प्रसार गर्न सकेमा पर्यटकको संख्या वृद्धि हुने महोत्सव आयोजक समितिका सह संयोजक पुष्प बहादुर बरुवालले बताए।

पाथिभराका साथै ताप्लेजुङको पर्यटकीय सौन्दर्य, जैविक विविधता, प्राकृतिक स्रोत र जातीय सदभाव तथा सांस्कृतिक अनेकतालाई महोत्सव मार्फत चिनाउन चाहेको महोत्सव आयोजक समितिका सह संयोजक बरुवालले बताए। तीन दिनसम्म चल्ने महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी, हिमालयन गाइड्स पाथीभरा म्याराथनसहित विभिन्न खेलकुद र सांकृति झाँकीहरुको प्रदर्शनी समेत रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि