February 5, 2018

राजश्व, भंसारदेखि अर्थसम्म सेटिङ ? भन्सारमा दैनिक करोडौं राजस्व छली

 

बिराटनगर । बिराटनगर भन्सार कार्यालयबाट करोडौं रुपैयाँ भन्सार छली गरी सामान आयात हुने गरेको छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मिमांस अधिकारी, भन्सार अधिकृत सुशील थापा, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, राजस्वको क्षेत्रीय कार्यालय इटहरी र पथलैया राजस्वका दिब्यराज पोखरेलको सेटिङमा अति न्यून बिजकीकरण गरी दैनिक बीसौं ट्रक सामान भित्रिरहेको स्रोतले बताएको छ ।
 बिराटनगर भन्सारबाट भित्रिने सामानमा २५ प्रतिशतमात्र लिएर ७५ प्रतिशत भन्सार छली हुने गरेको दावी स्रोतको छ । रसुवा भन्सारबाट आउने ट्रकमा मूल्यांकनमा सानो त्रुटि फेलापरे पनि दैनिक ट्रक समातेर ब्यापारीलाई दुःख दिने राजस्व अनुसन्धान विभागले बिराटनगरबाट ७५ प्रतिशत भन्सार छली गरी भित्रिएका ट्रकलाई निर्वाध भित्रिन दिएको गुनासो छ । बिराटनगर भन्सारबाट एउटा कन्टेनरमा ब्यापारीले ६५ हजारदेखि ८५ हजार डलरको सामान ल्याएका हुन्छन् । तर एक कन्टेनर बराबर भन्सार मूल्यांकन ८ देखि बढीमा १५ हजार रुपैयाँको मात्र गरेर अरु लाखौं रकम खल्ती भर्दै आएको आरोप छ ।

 

बढीमा १५ हजारको भन्सार तिरेर ६५ हजार डलरको सामान विना भन्सार आयात गरी देशको करोडौं, अर्बौं रुपैयाँ राजस्व मार्ने काम भइरहेको छ । जाँचपास गर्दा सन्दर्भ मूल्यको २५ प्रतिशत मात्र मूल्यांकन कायम गरी प्रति कन्टेनर ३ लाख रुपैयाँ सम्म घुस लिने गरेको आरोप भन्सार प्रमुख मिमांस अधिकारीमाथि लागेको छ ।
 बिराटनगर भन्सारमा ब्यापारीले ठूला मानिसले लगाउने पाइन्ट ल्याएको छ भने मिलेमतोमा प्रज्ञापनत्रमा इलाष्टिक पाइन्ट र कट्टु लेखी भन्सार छली गर्दैआएका छन् । टिसर्टहरु पनि ठूला मानिसले लगाउनेलाई बेबी भनेर राजश्वमार्दै भित्र्याउने गरेका छन् । ठूला मानिसले लगाउने पाइन्टको प्रति पीस ३ डलर भन्सार तिर्नुपर्छ । तर इलाष्टिक पाइन्टको ४५ सेन्ट भन्सार तिरे हुन्छ । कट्टुको त १७ सेन्टमात्र तिरे हुन्छ । यसरी एउटा पाइन्ट बराबर २.८३ डलर भन्सार छली बिराटनगरबाट हुँदै आएको सुरक्षा स्रोतले बताएको छ ।

 
 ठूला मानिसको मोजा ल्याए पनि बेबी मोजा उल्लेख गरी भन्सारछली हुन्छ । बेबी मोजाको ४ सेन्टमात्र भन्सार लाग्छ भने ठूला मोजाको ३० सेन्ट भन्सार शुल्क लाग्छ । ठूला मानिसले लगाउने स्पोर्ट जुत्ताको प्रति जोर ४ डलर तिर्नुपर्छ तर बेबी भनेर १.५० डलरमात्र तिर्छन् । बिराटनगर भन्सारबाट यसरी दैनिक भन्सार छली हुने गरेका यी केही दृष्टान्त मात्र हुन् । यसरी दैनिक करोडौं रुपैया“को भन्सार शुल्कमा लुटतन्त्र बिराटनगरबाट भन्सारछली हुँदै सामान आयात भइरहेको छ ।
ठूला मानिसले लगाउने मोजा ल्याउ“दा पनि बेबी मोजा भनेर छुटाउने गर्दछन् । सर्ट पाइन्टदेखि रेडिमेड कपडा सबैमा यसरी भन्सार छली हुने गरेको छ । स्रोतका अनुसार अर्थमन्त्रालय, भन्सार विभाग, राजश्व अनुसन्धान विभाग, अख्तियारजस्ता निकायले बिराटनगर भन्सारबाट भित्रिने एउटामात्र ट्रकको खानतलासी लिने हो भने प्रज्ञापनपत्रमा एउटा र सामान अर्कै भएको फेलापर्नेछ । तर, भन्सार विभागदेखि राजस्व अनुसन्धान विभागसम्म सेटिङ भएकाले ७५ प्रतिशत भन्सार छली गरी ब्यापारीले निर्वाध सामान भित्र्याइरहेको स्रोतको दावी छ ।
 यसरी दिनमा दसौं ट्रक रेडिमेड कपडा चीनबाट बिराटनगर हुँदै भित्रिने क्रममा करोडौं रुपैयाँ भन्सारछली हुँदा पनि राजश्व अनुसन्धान विभागका महानिर्देशक भुपाल बराल मौन रहनु  र बेखबर हुनुमा राजश्वमाराहरुसंगको सेटिंगले काम गरेको प्रहरी स्रोत बताउछ ।
 न्यून बिजकीकरण गरी भन्सार छली गरेबापतको रकमको ६० प्रतिशत ब्यापारी र ४० प्रतिशत भन्सारका प्रमुख मिमांसु अधिकारीले लिने गरेका छन् । भन्सार प्रमुख अधिकारीले नै राजस्व अनुसन्धान विभाग र भन्सार विभागदेखि इटहरी र पथलैयासम्मका राजस्व अनुसन्धानको इकाइहरु मिलाउने गरेको स्रोतको दावी छ । मिमांसु अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीप बस्न्यातका पीए लक्ष्मण बा“स्तोलाको भागमा पनि कमिसन पु¥याउने गरेको भन्सार स्रोत बताउछ । यसरी बिराटनगर भन्सारबाट निर्वाधरुपमा तस्करी चम्किए पनि राजश्व सचिव शिशिरकुमार ढुङ्गाना भने मस्तराम शैलीमा बसिरहेकोमा अर्थ कर्मचारीहरु छक्क पर्ने गरेको स्रोत बताउछ ।
मिमांस अधिकारी लगातार आकर्षक भन्सार कार्यालयमा बसेर करोडौं कमाउदै मस्ती गर्दै आएका सौभाग्यशाली उपसचिव हुन् । उनी बीरगंज, कृष्णनगर, तातोपानीपछि बिराटनगर भन्सारको प्रमुखमा सरुवा भएका हुन् । राजस्व समूहका अकूत सम्पत्ति कमाउनेमा मिमांस अर्थमन्त्रालयमा पाँचभित्रै पर्ने स्रोतको दावी छ ।
  यसअघि तातोपानी भन्सारको मूल ढोकामा सशस्त्र प्रहरीका जवान र कार्यालय सहयोगीले बरामद गरेको १७ किलो सुनमा काठमाडौंमै भए पनि सुराकी भत्ता लिन खोज्दा मिमांस अधिकारी झन्डै अख्तियारको कारबाहीमा परेका थिए । सुन बरामद हुँदा मिमांस अधिकारी काठमाडौंमा भएको कलडिटेलबाट देखिएपछि अख्तियारले उनीमाथि छानबिन गरेको थियो । कृष्णनगर भन्सारमा समशेर मियाँसंग मिलेर मिमांस अधिकारीले तस्करीको संजाल नै आरोप पनि लागेको थियो। । अर्थमन्त्री ज्ञानेन्द्र कार्कीका भाइ मृगेन्द्र कार्कीलाई घुस बुझाएर उनी बिराटनगर भन्सारको प्रमुखमा सरुवा भएका हुन् । पटक पटक आकर्षक कार्यालयमा बसेका मिमांस अधिकारीलाई पुनः बिराटनगर दिनु नहुने आवाज मन्त्रालयमा उठे पनि अर्थ मन्त्री कार्कीले चर्को दबाब दिएर सरुवा गरेका थिए ।

साँघुन्यूजबाट साभार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत