February 4, 2018

आयोजकसँग सेक्स गर्न नमान्दा यी डान्सरलाई यस्तो सजाय

 

काठमाडौँ, माघ २१ । कार्यक्रमको नाम :‘युनिक धमका ७ !’ कार्यक्रमका आयोजकले मोडलसँग कार्यक्रमको नामजस्तै युनिक र धमकादार प्रस्ताव राखे । मोडलले सो कुरा इन्कार गर्दै सामाजिक सञ्जालमा राखिदिएपछि जुहारी मच्चिएको छ अहिले आयोजक र मोडलकोबीच ।

प्रंसग हो आगामी फ्रेवुअरी १६,१७ र १८ ( आगामी फगुन ४ देखि ६) मा मलेसियामा हुन लागेको युनिक धमाका सात कार्यक्रमको । आयोजक हुन श्यामबाबु पटेल,भिमसेन केसी र नविन खड्का । यी तिन भाईले नेपालबाट लोक गायिका गीता सेञ्चुरी,मोडल÷डान्सर प्रमिला न्यौपाने,लोक गायक भगीरथ चलाउने र गायक विक्रमजंग शाहलाई तीन दिन क्रमश : मलेसियाको बाख्री वातु,रिभर भ्यु हल,सप्तरंगी सभा हलमा लगेर धमाका देखाउने कार्यक्रम तय भएको थियो ।

सोही अनुसार पोष्टरको डिजाइन बन्यो /छापियो पनि । तर आयोजकहरुले मोडल तथा डान्सर प्रमिला न्यौपानेसँग यौन प्रस्ताव राखे । उनले अस्वीकार गरिन् । यही कारण आयोजकले छापिएको पोष्टरबाट उनको तस्वीर हटाएर लीला गिरीको फोटो छापेपछि यो लफडा सार्वजानिक भएको हो ।

प्रमिलाले कलाकारमाथि कुदृष्टि राख्नेहरुका विरुद्ध आफू एक्लै भए पनि लड्ने र आफूसँग यौन प्रस्ताव राखेको फेसबुक म्यासेज सुरक्षित रहेको बताँउदै आएको छिन् । उनले यो कुरा बाहिर ल्याएसँगै उनलाई धमाका पक्षधरले धम्की दिएको बताएकी छिन् । यद्यपि आयोजकमध्यका एक भिमसेन केसीले भने मोडल प्रमिला न्यौपानेले चर्चामा आउनका लागि यी हतकन्डा अपनाएको प्रतिक्रिया दिएका छन् । नेपाली कला क्षेत्रमा निर्माता/निर्देशकहरुले यौन प्रस्ताव राखेको घटना यो नै पहिलो होइन । यस अगाडि भिडियो निर्देशक मुनाल शिशिर कोइरालाले मोडल तथा अभिनेत्री आयुषा राईलाई नेपालकै टप हिरोइन बनाइदिन्छु भन्दै यौन प्रस्ताव राखेका थिए ।त्यस्तै नायिका स्यारोन श्रेष्ठले ‘सायद २’का निर्माता सुनिल रावललाई ‘सेक्स’ प्रस्ताव राखेको आरोप लगाएकी थिईन् । सुनिल रावलले स्यारोनको आरोपलाई झूठो भन्दै आएका छन् । यता सपना लामिछाने समेत आफूलाई निर्माताले यौन प्रस्ताव राखेको बताएकी थिईन् । -जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।