आइफोनको प्रोसेसर ढिलो भएपछि एप्पलले माग्यो माफी

dcx_doc6xco41z3dk36w4mscq3

काठमाडौं । पुराना भर्जनका आइफोन प्रोसेसरलाई ढिलो बनाइदिएको आरोपमा लगातार आलोचित भएपछि एप्पल कम्पनीले यसका लागि माफी मागेको छ । लिथियम आयनबाट बनेका पुराना आइफोनको ब्याट्रीमा सुधार ल्याउनका लागि यस्तो गरेको भन्दै एप्पल कम्पनीले यसो गर्नु पछाडिको कारण प्रष्ट पारेको थियो ।  

अहिले भने कम्पनीले ब्याट्री परिवर्तन गर्न तयार रहेको र २०१८ सम्ममा प्रयोगकर्ताहरुले आफ्नो ब्याट्री लाइफमा रेखदेख गर्न सक्ने खालको सफ्टवेयर पनि निर्माण गरिरहेको बताएको छ । धेरै अघि देखि नै आइफोन प्रयोगकर्ताहरुले एप्पलले नयाँ फोनको बिक्री बढाउनका लागि पुराना फोनहरु स्लो बनाइदिएको भन्दै गुनासो गरिरहेका थिए । 

तर एप्पलले यसलाई स्वीकार गरिसकेपछि अहिले उनीहरु विरुद्ध ८ वटा मुद्दा दायर भइसकेको बीबीसीले बताएको छ । त्यसैले चारैतिरबाट आलोचित भएपछि एप्पलले वारेन्टी सकिसकेका ब्याट्रीलाई बदल्ने शूल्क पनि ७९ डलरबाट घटाएर २९ डलर निर्धारित गर्ने निर्णय गरेको बताएको छ । उपभोक्ताहरुको विश्वास कम्पनीका लागि सबैभन्दा महत्वपूर्ण रहेको बताउँदै एप्पलले सधैँ यसै लक्ष्य अनुरुप काम गर्ने बताउँदै आएको छ । 

कम्पनीका अनुसार लिथियम आयनका ब्याट्रीहरु पुरानो हुँदै गएपछि चार्ज कम भएका बेला पावर सप्लाई गर्ने क्षमता अत्यन्तै कम हुने गर्छ । जसकारण फोन अचानक बन्द हुने खतरा हुन्छ । यसरी समय बित्दै जाँदा ब्याट्रीको क्षमता झनझन घट्दै जाने हुनाले फोनभित्रका अन्य उपकरणलाई बिग्रनबाट बचाउन फोन आफैँ बन्द हुने गरेको छ । यति भन्दै एप्पल कम्पनीले अहिलेसम्म आफ्नो बचाउ गर्दै आएको छ ।  

हालै एप्पलले यही समस्याको समाधान गर्न भन्दै आइफोन ६, ६ एस र आइफोन एसइका लागि एउटा नयाँ फिचर जारी गराएको छ जसको उद्देश्य प्रोसेसरको अत्याधिक पावरको मागलाई नियन्त्रण गर्न सक्नु रहेको बताइएको छ । यसले फोनलाई अचानक बन्द हुनबाट रोक्न सक्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने