January 22, 2018

शेयर खरिद गर्न उक्साउनेलाई कारबाही

 

काठमाडौँ, ८ माघ । नेपाल धितोपत्र बोर्डले गलत तवरले शेयर खरिद गर्न उक्साएको भन्दै प्रज्ञान सेक्युरेटिजलाई  ७५ हजार जरिवाना गरेको छ ।

बोर्डले आइतबार जारी गरेको विज्ञप्तिअनुसार भाइबरमा सन्देश पठाएर सो कम्पनीका विराटनगर शाखा प्रमुखले सिभिल बैंकको शेयर खरिद गर्न प्रोत्साहित गरेको पाइएकाले कारबाही गरिएको हो ।

सिभिल बैंकको साधारणसभा अगावै ४० प्रतिशत हकप्रद आउने, शेयर किन्दा राम्रो छ, फाइदा गराउने जिम्मा हाम्रो भयो भन्ने आशयको भाइबरमा म्यासेज ग्रुप बनाएर जानकारी पठाएको पाइएको बोर्डको अध्ययनबाट खुलेको हो ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७६ बमोजिम धितोपत्र व्यवसाय सञ्चालन गर्ने संस्थाले आफ्नो व्यवसायलाई स्वस्थ र उच्चस्तरीय राख्ने, उचित सीप, होसियारी र मेहनतका साथ धितोपत्र व्यवसाय गर्ने, धितोपत्र बजारको उच्च मर्यादा राख्ने, धितोपत्र व्यवसायसँग सम्बन्धित अभिलेख राम्रोसँग राख्ने, धितोपत्र व्यवसाय सञ्चालन गर्ने, व्यावसायिक आचरणमा रहनुपर्ने भएपनि त्यसो नगरेको पाइएको बोर्डको भनाइ छ ।

बोर्डले धितोपत्र व्यवसायीलाई धितोपत्र व्यवसाय सञ्चालन गर्दा आफूले पालन गर्नुपर्ने, व्यावसायिक सिद्धान्तको पालनातर्फ थप सजग गराउने र दोस्रो बजार कारोबार थप व्यवस्थित र पारदर्शी हुन सहयोग पुग्ने उल्लेख गरेको छ ।

बोर्डका अनुसार ती शाखा प्रमुखले सिभिल बैंकले ४० प्रतिशत हकप्रद शेयर दिन लागेको र शेयर किन्दा फाइदा हुने र फाइदाको जिम्मा आफ्नो भएको आशयको सूचना जारी गरेका थिए ।

संस्थाले आफ्नो व्यवसायलाई स्वस्थ र उच्चस्तरीय राख्ने, उचित सीप, होसियारी र मेहनतका साथ धितोपत्र व्यवसाय गर्ने, धितोपत्र बजारको उच्च मर्यादा कायम राख्नुपर्नेमा यस्तो नगरेको भन्दै कारबाही गरिएको जनाएको छ ।

करिब चार अंकले घट्यो बजार

यसैबीच, नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज नेप्से परिसूचक ३.८५ बिन्दुले ओरालो लागेर एक हजार ४०२ बिन्दुमा पुगेको छ । ‘क’ वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७६ बिन्दुले घटेको छ ।

कूल १६५ कम्पनीको १६ लाख ७६ हजार ११६ कित्ता शेयर रु ५० करोड ६१ लाख ४२ हजार ८५६ मूल्यमा कारोबार भएको हो ।

व्यापार समूह २.०२, होटल २५.३३, वित्त २.३२, उत्पादन ३०.९७, अन्य समूह १.७६ बिन्दुले बढ्दा बैंकिङ २.५७, विकास बैंक ५.१, जलविद्युत् ७.०८, बीमा ७५.९९, माइक्रो फाइनान्स समूह १२.१७ बिन्दुले ओरालो लाग्दा बजार करिब चार अंकले ओरालो लागेको हो ।
रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा