
बनेपा, २२ पुस । एउटै दिशाबाट आउँदै गरेको टिपरले स्कुटीलाई ठक्कर दिँदा आज बनेपामा एक युवतीको मृत्यु भएको छ ।काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ४६४९ नंको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ५५ प ३७२५ नंको स्कुटीलाई ठक्कर दिँदा कञ्चनपुरको शुक्लाफाँटा–८ निवासी २० वर्षीया स्कुटी चालक विमला ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएकी ठगुन्नाको शिरमेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । सो दुर्घटनापछि अवरुद्ध भएको अरनिको राजमार्ग खुलाउन प्रहरीले ६ सेल अश्रृग्यास प्रहार गर्दा केहीबेर तनाव भएको थियो । तर अहिले स्थिति नियन्त्रणमा आइसकेको र राजमार्ग सञ्चालन भइसकेको प्रहरीले जनाएको छ । रासस
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।