January 3, 2018

‘प्रधानमन्त्री बन्छु भन्ने सोचेको पनि छैन, पार्टी एकता प्राविधिक गडबडीले रोकिएको हो’

 
 
 

काठमाडौँ, पुस १९ । ‘प्रधानमन्त्री बन्नेबारे मैले अहिले केही सोचेको छैन’ बिहीबार पेरिस डाँडामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड’ले प्रधानमन्त्री बन्ने नसोचेको र वाम गठबन्धनबाट बाहिर गएर आफू प्रधानमन्त्री नबन्ने दाबी गरे ।

 

 

उनले आफूहरू एमालेसँग पार्टी एकताकै एजेन्डा लिएर जनताको अनुमोदन चुनाव लडेको बताउँदै आफू गठबन्धन भन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोच पनि नपलाएको बताए । कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै प्रचण्डले पार्टी एकतामा दुई नेताको कार्यकारी भूमिका हुने सहमति भएको भन्दै त्यसलाई औपचारिकता दिन मात्र बाँकी रहेको पनि बताए ।

‘पार्टी एकता संयोजन समितिमा दुई नेता भनिएको छ, दुई नेताको भूमिका कार्यकारी भूमिका हुनपर्छ भन्नेमा कुनै विवाद छैन’ प्रचण्डले भने,‘ त्यसलाई औपचारिकता दिनमात्र बाँकी छ । अब केही दिनमै यसबारेमा थाहा पाउनुहुनेछ ।’ हाल पार्टी एकताको विषयमा छलफल भइरहेको तर प्राविधिक कारणले रोकिएको उनले बताए । तर जसरी भए पनि केही दिन भित्रै एकताबारे कन्फर्म हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा