January 3, 2018

‘प्रधानमन्त्री बन्छु भन्ने सोचेको पनि छैन, पार्टी एकता प्राविधिक गडबडीले रोकिएको हो’

 
 
 

काठमाडौँ, पुस १९ । ‘प्रधानमन्त्री बन्नेबारे मैले अहिले केही सोचेको छैन’ बिहीबार पेरिस डाँडामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड’ले प्रधानमन्त्री बन्ने नसोचेको र वाम गठबन्धनबाट बाहिर गएर आफू प्रधानमन्त्री नबन्ने दाबी गरे ।

 

 

उनले आफूहरू एमालेसँग पार्टी एकताकै एजेन्डा लिएर जनताको अनुमोदन चुनाव लडेको बताउँदै आफू गठबन्धन भन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोच पनि नपलाएको बताए । कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै प्रचण्डले पार्टी एकतामा दुई नेताको कार्यकारी भूमिका हुने सहमति भएको भन्दै त्यसलाई औपचारिकता दिन मात्र बाँकी रहेको पनि बताए ।

‘पार्टी एकता संयोजन समितिमा दुई नेता भनिएको छ, दुई नेताको भूमिका कार्यकारी भूमिका हुनपर्छ भन्नेमा कुनै विवाद छैन’ प्रचण्डले भने,‘ त्यसलाई औपचारिकता दिनमात्र बाँकी छ । अब केही दिनमै यसबारेमा थाहा पाउनुहुनेछ ।’ हाल पार्टी एकताको विषयमा छलफल भइरहेको तर प्राविधिक कारणले रोकिएको उनले बताए । तर जसरी भए पनि केही दिन भित्रै एकताबारे कन्फर्म हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने