January 3, 2018

ल्वांग बैठकमा बाबुरामका अगाडि यसरी तेर्सिए प्रश्न ? बाबुराम भए नाजवाफ?

baburam_bhattari_2_a8ZHRmlx1u
 पोखरा १९, पुस । मंगलबारदेखि कास्कीको ल्वाङ होमस्टेमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी समीक्षा बैठक सुरु हुँदैछ । ३ दिनसम्म भूमिगत शैलीमा हुने समीक्षा बैठकमा स्थापनादेखि निर्वाचनसम्म नयाँ शक्तिले लिएको बाटो र आगामी रणनीतिबारे छलफल हुनेछ ।

नयाँ शक्ति पार्टीको बैठकमा उठेका कुराहरू –
– नेत्रित्वले बाम र लोकतान्त्रिक भन्दै फट्कोमारेर पार्टीको जनमत र कार्यकर्ता पलायनमा भूमिकाखेले बापत पार्टी पराजयको क्षमायाचना , जिम्मेवारी बोध सहित आत्माआलोचना गर्ने कि नगर्ने ?
– यो बाद त्यो बाद भनेर कुरा गर्ने सम्वृद्धिका कुरा गर्ने तर तिनलाई प्राप्त गर्ने रणनीति र साधनहरु केके हुने ??
किशानहरुलाई तालिम , उद्यम सिलता बिकास , सम्वृद्धि स्वयं सेवक परिचालन , नेपाली उत्पादनहरुको प्रबर्धन , आधुनिक कृषि, सूचना प्रबिधिको प्रबर्धनमा सत्तामा नगईकन नै कसरि ब्यबहारिक तहमा झल्को दिन सकिन्छ ? सोच्ने बिचार गर्ने र एक्सनमा जाने की नजाने ?

– सामाजिक विभेद , भ्रस्टाचार , स्वास्नी छोराछोरी समनुपत्तिक सभासद बनाउने , चुबवमा अत्यधिक धन खन्याएर लडीने, चुबव र समानुपातिक प्रतिनिधत्वको विभेद , शैक्षिक माफिया , मेडिकल , यातायातको असुरक्षा , बाताबरण , पर्ताबरण बिनास बिरुद्ध सुसुप्त हतियार रहित जनक्रान्ति उद्घोस गरेर समस्या , चुनौती , रणनीती , जिम्मेवारी त्यसको मुल्यांकन सहितको कार्ययोजना बनाउन अग्रसर हुने कि नहुने ? या फेस्बुके हल्ला गरि बस्ने ?
-हामी बाम , लोकतान्त्रिक , गणतान्त्रिक , समाजवादी , पुँजीवादी सबै भनेर गोलमटोल कुरा गर्ने कि सामान्य जनताले बुझ्ने भाषामा बिपीले गरिब किसानको ब्याख्या गरे जस्तै सबैले बुझ्ने भाषामा समाजवादको प्रतीकात्मक ब्याख्या गर्ने ?

– सधैभारी गोलमटोल भाषा प्रयोग गरेर कार्यकर्ता र जनतालाई गुमहराहमा राख्नेकि नेत्रित्व पन्गतीका कमीकमजोरीहरु सार्बजानिक गरेर सुधारका सुत्र र उपाय सहितको रेसिपी निकाल्ने ?
– तात्कालीन , अल्पकालीन र दिर्घकालिन रणनीति के हुने ? कसरि कार्यन्वयनमा जाने ?
-हाम्रो प्रयास पुरानो राजनितिक संस्कार फेर्न जनस्तरबाट चेतना बिकास गर्ने र माथिबाट बैचारिक प्रहार संगै दुवै मोर्चामा हस्तक्षेप बाट हुने कि नहुने ?
– बिद्यार्थी र कर्मचारी संगठन खारेजी गर्ने कि नगर्ने ? बिग्रिन पो अन्जनमा होला सिकेर त सुध्रिन पाइन्छ इमान्दारिताका साथ सुध्रिने प्रण गर्ने र साचो बैकल्पिक दल बन्न पहल गर्ने कि नगर्ने ?

– बिदेशका संजालहरुलाई केवल चन्दा उठाउने दुधालु गाइको रुपमा रख्ने कि बिश्वभरबाट आफ्नो क्षेत्रमा स्वयं सेवा गर्न कार्ययोजना बनाउने ? तिनको मताधिकार ,बिदेशमा संस्कृति भाषा , नेपाली उत्पादन प्रबर्धन माध्यम बिचार गर्ने कि नगर्ने ?
– हरेक ठाउ र मुद्धामा नेत्रित्व आफै कुदने, बोल्ने लत्रिने कि नयाँ नेत्रित्व विकासको रणनीति तयारगरी युवा र सम्भावितहरुलाई तालिम र मेन्टरिङ्ग गर्ने ?
– पार्टीबाट १ जना हैन , २ जना हैन सयौं कार्यकर्ता पलायन हुनुमा तिनलाई दोष थोपर्ने कि अन्तरिक कमि कम्जोरी र बाधाहरु पन्छाउने ?

– नयाँ आकर्सित गर्नु त कता हो  कता संस्थापक कार्यकर्तालाई अपमानित हुने गरि ठमेलका ब्यपारी, तस्करी  र धनीलाईलाई पैसाको मुठेा र चिप्लो कुरा गरेको भरमा प्रमोसन गर्ने, पार्टी  र संगठनका विषयमा चिन्ताका साथ कुरा राख्नेलाई बेवास्ता गरि सबै कुरामा  आफै पोख्त भएजस्तो गरि डाक्टरि दम्भ देखाउने र पार्टी फ्यान क्लब चलाएझै चलाउने कि पार्टीको रुप दिने ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत