December 31, 2017

मन्त्री बाजाबाज काण्ड ! एउटा खल्ती भर्ने, अर्को बैना लिने, कुरा कसरी मिल्ने ?

 

काठमाडौं, पुस १६ गते । चुनावमा एक करोड नगद नारायण बुझेपछि पार्टी अध्यक्षले अडान लिने नै भए । यो कुरा बुझेका मन्त्रीले बिक्री भइसकेको चिज फेरि बेच्ने दुस्साहस नगरेकै भए बेसै हुन्थ्यो । तर, उनी अध्यक्षसँग जोरी खोज्दै मसक्क कस्सिए, बिक्री भइसकेको पद बेच्न । परिणाम,  सामाजिक प्रतिष्ठामा आँच त आएको छ नै वर्षौंदेखिको लगानी र सम्बन्ध सिसाको घरजस्तो झर्यामझुरुम्म फुटेको छ ।प्रसंग राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा र अपदस्त सहरी विकास मन्त्री दिलनाथ गिरीको हो । गतहप्ता मन्त्री गिरीले सचिव बदल्न प्रस्ताव गरेलगत्तै क्याबिनेटमा कमल थापाले झम्टिएको विषय निकै चर्चामा रह्यो, जुन अझै  सेलाएको छैन ।  तर, आफ्नै मन्त्रीलाई पार्टी अध्यक्षले क्याबिनेट बैठकमै हप्काउने र त्यसपछि अपमानित गरेर हटाइ हाल्नुपर्ने बाध्यता कसरी आइलाग्यो ? यसको चर्चा अझैसम्म भएको छैन । साँघुले एउटै पार्टीका दुईभाइ शीतयुद्धमै उत्रनुको गुह्य फेला पारेको छ ।

स्रोतका अनुसार, झगडाका बिऊ हालका सहरी विकास सचिव दीपेन्द्रनाथ शर्मासँग कमल थापाको सरकार गठनलगत्तै भद्र सहमति भएको थियो । भद्रसहमतिको सार कमल थापाले सहरी विकासका सचिव शर्मालाई यथावत राख्न सहयोग गर्ने र सट्टामा शर्माले थापालाई १ करोडको भेटी चढाउने थियो । सहमति पालना गर्दै शर्माले थापालाई चुनावअगावै १ करोड बुझाएका थिए भने थापा नगद बुझेपछिको हँसमुख चेहरा बोकेर चुनावी क्षेत्रमा खटिएका थिए । थापाले नगद कारोबार भइसकेकाले गिरीलाई सचिव फेरबदल नगर्न सुझाएका पनि हुन् । तर, गिरीले जिद्धी गरिरहे, यो सचिवसँग काम गर्न सकिनँ, अर्को चाहियो ।  ‘थापाले १ करोड बुझेपछि शर्मालाई नचलाउन पटक पटक भनेका थिए’, स्रोतको दाबी छ, ‘तर, गिरीले सचिव फेर्ने कसरत गरेपछि थापाले बुझिसकेको भेटी सुरक्षित गर्न यस्तो कदम चालेका हुन् ।’
प्रश्न उठ्छ– पार्टी अध्यक्षको आग्रहलाई नसुनी गिरीले किन सचिव फेर्ने जिरह गरिरहे । स्रोतका अनुसार, मन्त्री गिरीले पनि पार्टी अध्यक्षले जस्तै सचिव पद सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकबाट सचिवमा बढुवा भएका डा. रमेशकुमार सिंहलाई बिक्री गरेका थिए । झण्डै १ करोडको डिलमा गिरीले ५४ लाख बैना नै चप्काइसकेको  विश्वस्त स्रोतको दाबी छ । ‘१ करोडको डिलपछि सचिव सार्ने सुरमा रहेका गिरीले पोखराको एक बैंकमार्फत ५४ लाख बैना नै लिएका थिए’, स्रोतको दाबी छ, ‘गिरी कुनै पनि हालतमा सचिव फेर्ने ध्याउन्नमा लागेपछि नै कमल थापाले कडा कदम चालेका हुन् । थापाको यस्तो कदमसँगै गिरी बैना फिर्ता गर्नुपर्ने अवस्थामा पुगेका छन् ।’ यी सबै गुह्य बझेका सहरी विकास मन्त्रालयका कर्मचारीहरु हिजोआज बसिबियालो गर्दैछन्– एउटा खल्ती भर्ने, अर्को बैना लिने, कुरा कसरी मिल्ने ?

साँघु डटकमबाट साभार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब