राष्ट्रियसभा सदस्य निर्वाचनको मिति चाँडै घोषणा गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा संग भेटघाट गर्दै निर्वाचन आयोगका आयुक्तहरु । तस्बिर : रोशन सापकोटा, रासस

काठमाडौँ, १५ पुस : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको परामर्शमा केही दिनभित्रै राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गरिने बताउनुभएको छ ।

आयोगका पदाधिकारीले आज प्रधानमन्त्रीसँग भेटी राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको थियो । प्रधानमन्त्रीसँग उहाँको सरकारी निवास बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र आयोगका पदाधिकारीले संयुक्त रूपमा भेटी उक्त आग्रह गर्नुभएको आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश आज प्रमाणीकरण गर्नुभएपछि आयोगका तर्फबाट निर्वाचनको मिति घोषणा गर्न सल्लाह दिइएको थियो । सो अवसरमा डा यादवले प्रदेश प्रमुख नियुक्ति र प्रदेशसभा सदस्यको शपथ नलिएसम्म राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदाता हुन नसक्ने व्यहोरा पनि अवगत गराउनुएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन सफल भएकामा आयोग र यसका पदाधिकारीलाई धन्यवाद तथा बधाई ज्ञापन गर्नुभएको थियो ।

डा यादवले पनि निर्वाचन सफल बनाउन सरकारले पु¥याएको सहयोगको सराहना गर्दै प्रधानमन्त्रीसमक्ष बधाई ज्ञापन गर्नुभएको आयोगले जनाएको छ । भेटका अवसरमा निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह पनि उपस्थित हुनुहुन्थ्यो ।(रासस)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक