गच्छदार धरापमा !  पुनः मतगणनाको माग गर्दै भगवती पुगिन् सर्वाेच्च

 
 
 

काठमाडौँ, ११ पुस । प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नं ३ मा एमालेका तर्फबाट उम्मेदवारी दिएकी भगवती चौधरीले पुृन: मतगणनाको माग गर्दै सर्वाेच्च अदालतमा उजुरी दिएकी छन् । मतगणनामा धाँधली गरेर काँग्रेस उम्मेदवार विजयकुमार गच्छदारले जितेको आरोप लाग्दै आएको सो क्षेत्रको मतगणना पुनः गर्न माग गर्दै चौधरीे मङ्गलवार सर्वाेच्च पुगेकी हुन् ।

चौधरीले सर्वाेच्चमा दिएको उजुरीमा मतगणनाको क्रममा नौ वटा अर्धकट्टी सहितको मतपत्र भेटिएको र त्यसको सिरियल नम्बर हेर्न खोज्दा निर्वाचन अधिकृतले हेर्न नदिएको बताइएको छ । ती अधकट्टी सहितका मतपत्र रुख चिन्हका रहेकोमा उक्त अर्धकट्टी सहितका मतहरुलाई मान्यता दिई मतगणना गरिएको बताइएको छ ।

यस्तै कतिपय मतपत्र सामान्य आकार भन्दा ठुला भेटिएको, बदर हुनुपर्ने मतपत्रलाई पनि सदर गरिएको तथा सदर हुनुपर्ने सूर्य चिन्हमा छाप लागेका मतपत्र समेत बदर गरिएको उजुरीमा उल्लेख छ ।

सर्वाेच्चमा दायर उजुरीमा भनिएको छ– ‘मतदान केन्द्र नं २६९ को ज्ञानोदय आ.वि. खनार, मतदान केन्द्र नं ३२१ को मजदुर किसान मा.वि मधेली, मतदान केन्द्र नं ३४६ को श्री माध्यमिक विद्यालयत छिटाहा, मतदान केन्द्र नं ३७१ को गोपाल मा.वि तनमुना र मतदान केन्द्र नं ३९६ को महेन्द आधाभूत विद्यायलत सितागन्जको मतपत्रहरुमा स्वस्तिक छाप रुख चिन्ह भएको मतपत्रहरुको फरक (सामान्य आकार भन्दा ठुलो) रहेको मतपत्रहरुलाई समेत मतगणना रहेको बाक्सामा रहेको मतपेटिकामा पाइएकोले सो बारेमा समेत मैले प्रतिरोध गर्दा यसबारेमा पनि कुनै कुरा नगरी यस्तो फरक स्वस्तिक छाप भएका रुख छापमा आएको स्वस्तिक छापलाई समेत सदर गर्ने काम भयो ।’

चुनावमा जित्नको लागि आफूलाई ३२२ मत आवश्यक भए पनि सूर्य चिन्हमा स्पष्ट बदर नहुने अवस्थामा रहेका ९०० मत बदर गरिएको चौधरीको दाबी छ ।

चौधरीले उजुरी पत्रको अन्तिम किनारा नलाग्दासम्म विजय कुमार गच्छदारलाई प्रतिनिधि सभाको सदस्यका शपथ ग्रहण नगराउनु, सङ्घीय संसद्को पदधारण गरी कामकाज गर्न नदिनु, निर्वाचनसँग सम्बन्धी सम्पूर्ण मतपत्र लगाएको कागजातहरू ससुरक्षित राख्नु भन्ने विपक्षी प्रत्यार्थीहरुका नाममा अन्तरिम आदेश जारी गरी पाउन माग गरेकी छन् 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका