December 24, 2017

भैँसी चराएर हुर्किएको हुँ: केपी ओली

 २०७४ पौष ९, आइतबार ,

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू गाई भैँसी चराएर हुर्किएको व्यक्ति भएकाले कहिले पनि दम्भ नदेखाउने बताएका छन् । नेपाली कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मदिनको अवसर पारेर बाडेगाउँमा गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“म गाई भैँसी चराएर हुर्किएको व्यक्ति हुँ । म मा शासकीय स्वभाव केही पनि छैन । शासक हुने होइन, सेवक हुने हो । मलाई कतै दम्भ देखाउन छैन । हलो जोतेको मान्छेको छोरो हुँ र हलो जोतेकै मान्छे हुँ । मैले के को दम्भ देखाउनु नि ? मेरो ध्यान अब विकासमा हुन्छ ।”

उनले सत्तापक्ष र प्रतिपक्षसँग आपसमा दम्भ देखाउनु आवश्यक नरहेको बताए ।

“गाई भैँसी चराएर हुर्किएको हुँ । म कोदालो खनेको मान्छे हुँ । मसँग केको दम्भ हुन्छ र ?,” उनले भने, “आफ्नो बारीको साग आफैं टिपेर खाने मान्छे हुँ ।”

उनले आफुले सम्पूर्ण इमानका साथ काम गर्ने बताए । “राजनीतिमा यस्तो त भैहाल्छ भनेर पनि भन्दिनँ । मेरो परिभाषामा बेइमानी हुँदैन,” ओलीले भने ।

उनले किसुनजीसँग आफ्नो कुनै पनि हिसावमा तुलना हुनै नसक्ने धारणा राखे । “मेरो उहाँसँग कुनै रुपमा तुलना हुनै सक्दैन,” उनले भने, “राणा शासनबाट नयाँ युगमा प्रवेश गराउने उहाँहरु नै हो । मैले उहाँसँग संसद्मा सँगै बस्ने मौका पाएँ । साह्रै खुला व्यक्ति हुनुहुन्थ्यो ।”

उनले चुनावको परिणामप्रति संकेत गर्दै भने, “खेलको रिङभन्दा बाहिर आएपछि पनि किन हानिस् भन्न पाइँदैन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।