December 18, 2017

 ओलीको नेतृत्वमा पसिना बगाउँछाैं : वाइसीएल अध्यक्ष, दीपशीखा

kp-oli-on-mic

 

३ पुस, काठमाडौं ।  आफूलाई बधाई दिन निवासमा पुगेका माओवादी युवा संगठन वाइसिएलका पदाधिकारीहरुलाई ओलीले द्वन्द्वको बेला माओवादीका धेरै नेता कार्यकर्ताको ज्यान आफूले बचाइदिएको दाबी गर्दै  माओवादी जनयुद्धप्रतिको आफ्नो बिगतको टिप्पणी सिद्धान्तमा आधारित रहेको समेत प्रष्ट पारेका छन् । झापा विद्रोहका बेला आफूहरुले पनि हिंसात्मक आन्दोलन थालेपनि मारकाटबाट राजनीति बदलिँदैन भनेर त्यसैबेला त्यस्तो बिचार त्यागेको ओलीले बताए । ओलीले आफ्नो बानी ‘शक्तिसँग नझुक्ने, सत्यसँग नलड्ने’ प्रकारको भएको वाइसिएल नेताहरुलाई सुनाए ।ओलीले भने, ‘कहिले सेनापतिलाई आग्रह गरेर, कहिले आइजीलाई, कहिले गृहमन्त्रीलाई आग्रह गरेर थुप्रै माअ‍ोवादी कार्यकर्ताको ज्यानको सुरक्षा गरेको छु । बिचार र बाटो सही वा गलत केहो भन्ने बहस गरौंला तर मान्छेको ज्यानै मार्नु हुन्न भन्ने मेरो मान्यता त्यो बेला पनि थियो ।’

वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा नेतृत्वको टोलीलाई पार्टी एकताप्रति आफ्नो प्रतिबद्धता र नियतमा शंका नगर्न भन्दै ओलीले पार्टी एक बनाउन प्रचण्ड र आफू उत्तिकै गम्भिर रहेको बताए ।वाइसिएलका नेताहरुले ओलीलाई छिटोभन्दा छिटो पार्टी एकता गर्न आग्रह गरेका थिए । ओलीले पार्टी एकता हुँदा कोही नेतालाई म समितिमा पर्दिन कि भन्ने चिन्ता होला भन्दै त्यस्तो चिन्ता नगरी देश बन्छ कि बन्दैन भन्नेमा चिन्तित हुन आग्रह गरे ।

वाइसिएल नेताहरुले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना पनि दिएका थिए । उनीहरुले देशको विकास र समृद्धिका लागि आफूहरु जस्तोसुकै भूमिका निर्वाह गर्न पनि तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।वाइसिएलका उपाधक्ष्य वीरु तामाङले भने, ‘प्रचण्डको नेतृत्वमा हामीले रगत बगायौं तपाईंको नेतृत्वमा पसिना बगाउन तयार छौं ।’

२०७४ पुष ३ गते १५:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय