देउवाको कारण पार्टीले पराजय बेहोर्नुपरेको : प्रकाशमान सिंह

काठमाडौं, मंसिर २९ । काठमाडौं क्षेत्र नम्बर –१,प्रतिनिधि सभाको निर्वाचन जितेसँगै सञ्चारकर्मीले कुरा गर्दा रिसाएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले चाँडो चाँडो भन्दा राजीनामा दिनुपर्ने धम्कि दिएका छन् । काठमाडौँ क्षेत्र नं १ ले शुक्रबार आनन्द इभेन्टमा आयोजित ‘भेटघाट तथा धन्यवाद कार्यक्रम’मा नेता सिंहले सभापति देउवाले सभापति पदबाट हटेर नयाँ नेतृत्वलाई पद हस्तान्तरण गर्नुपर्ने अड्डी कसे ।

बाह्य मुलुकको उदाहरण दिँदै उनले सभापति तथा प्रधानमन्त्री देउवाले पार्टी राजिनामा दिएर भलो हुने काम गर्नुपर्ने बताए । उनले भने,’विकसित देशमा चुनावमा पार्टी पराजय भयो भने अध्यक्षले राजीनामा दिने प्रचलन छ । अब, उहाँले पनि चाँडो चाँडो भन्दा राजीनामा दिएर पार्टी र देशको भलो हुने काम गर्नुपर्छ ।’

प्रतिनिधि सभा निर्वाचनमा विवेकशिल साझाका उम्मेद्वार रवीन्द्र मिश्रलाई पराजित गरेर प्रतिनिधि सदस्य चुनिएका सिंहले घुमाउरो शैलीमा सभापति देउवाको कारण पार्टीले पराजय बेहोर्नुपरेको आरोप लगाए । ‘कांग्रेस पराजयको कारण पार्टीको मुख्य नेतृत्वको कमजोरीले भएको हो । यसकारण नयाँ राजनीतिक संस्कार बसाल्नका लागि भएपनि सभापतिले राजीनामा दिनुपर्ने हुन्छ ।’ विश्वमा जुन नेताको नेतृत्वमा चुनावमा गयो त्यो पार्टीले हारे राजीनामा दिने चलन छ’, उनले भने, ‘नेपालमा पनि त्यो संस्कारको विकास गर्नुपर्छ। अब छिट्टै सभापतिले पद हस्तान्तरण गर्नुपर्छ ।’

उनले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली कांग्रेसको पक्षमा कमजोर र कम्युनिष्टहरुको पक्षमा सुखद नतिजा आउनुमा ठ्रूलो धक्का लागेको दुःख व्यक्त गर्दै काँग्रेसको छवि धमिलिएको बताए । ‘देशमा भएका हरेक आन्दोलनको नेतृत्व गरेको पार्टी हारेको छ,’ उनले भने, ‘अब पार्टीभित्र भएका कमीकमजोरीलाई सच्याएर आगामी निर्वाचनमा यो दाग मेटाउनुपछ । त्यो निर्वाचनमा जसरी हुन्छ हामी एक नम्बरको पार्टी बन्नुपर्छ।’

अर्कातिर काँग्रेस पराजय हुनुमा पार्टीभित्रैबाट अन्र्तघात भएको पनि आरोप लगाए । पार्टीको झोला बोक्ने तर काम अर्कैतिर गर्ने प्रवृत्तिका कारण अहिलेको निर्वाचनमा काँग्रेसले यो अवस्थामा गुज्रनु परेको छ उनले भने,‘राजधानीमै हाम्रो पक्षमा चित्तबुझ्दो नतिजा आएन । यसप्रति सबैले सोच्न जरुर छ ।’ फेरि उनले थपे,‘काठमाडौँ क्षेत्र नं १ को विकासका लागि म सदैव क्रियाशील रहनेछु । मलाई तीनपटकसम्म प्रतिनिधिसभामा जाने अवसर दिनुहुने सबैलाई धन्यवाद दिन चाहान्छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न

सम्पत्ति विवरणबारे गृहमन्त्री गुरुङको स्पष्टोक्ति

काठमाडौँ, वैशाख ७ गते । गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै