December 14, 2017

किन बैंकमा पैसा थुप्रीयाे ?

मंसिर २८, २०७४ 
 

काठमाडौं – लगानी गर्न नसक्दा बैंक तथा वित्तीय क्षेत्रमा पैसा थुप्रिन थालेको  छ ।चालू आवको पहिलो महिनासम्म लगानीयोग्य पैसाको अभाव भएको बैंकिङ क्षेत्रमा पछिल्लो चार महिनामा ३४ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ।

गत वर्ष यसै समयमा बैंकमा लगानीयोग्य पुँजीको चरम अभाव थियो। बैंक तथा वित्तीय संस्थामा हाल ३४ अर्ब तरलता देखिएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए।अहिले बैंक तथा वित्तीय संस्थामा अधिक तरलता छ’, उनले भने, ‘आगामी दिनमा पनि यसको चाप रहिरहने देखिन्छ।’ राजनीतिक दलले चुनावमा गरेको खर्च बैंकमा आइसकेको छैन। त्यो आएपछि तरलता अझ बढ्नेछ।

तरलता बढेसँगै स्थानीय तहमा सरकार गठन भइसकेको अवस्था भएकाले आर्थिक गतिविधि बढ्छ। ‘बैंकहरूले लगानीका बाटाहरू खोज्छन्’, उनले भने ,‘तरलता व्यवस्थापन हुन्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा