प्रधानमन्त्री देउवा सात नम्बर प्रदेशबाट कांग्रेसका एक्ला सांसद

 

फाइल तस्बिर

प्रतिनिधि सभामा प्रदेश नम्बर सातबाट प्रधानमन्त्री शेरबहादुर देउवा  प्रत्यक्षमा चुनाव जित्ने नेपाली कांग्रेसका एक्ला सांसद हुने भएका छन्। मंसिर १० र २१ गते भएको चुनावमा सो प्रदेशमा कांग्रेसका अरू सबै उम्मेदवार पराजीत भएका छन्। दुई क्षेत्रको मतगणना जारी छ। कैलाली १ मा प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी भारी मतले जीतको नजिक छन् भने कैलाली –२ मा पनि कांग्रेस उम्मेदवार मोहनसिंह राठौर २ हजार मतले पछि छन्।चुनावको केहीदिनअघि मात्र एमालेबाट कांग्रेस प्रवेश गरेका राठौरले चुनाव जितेमा प्रदेश नम्बर सातबाट चुनाव जित्ने कांग्रेसका दोस्रा उम्मेदवार हुनेछन्।

प्रदेश नम्बर ७ मा प्रतिनिधि सभाको १६ सिट छन्।

समानुपातिकमा भने सो प्रदेशमा कांग्रेसले एमालेभन्दा केही बढी मत पाएको छ। समानुपातिकको मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।