ओलीले तोके पार्टी एकताको ‘टामइलाइन

 kp_oli_MpOzqtVV1e (1)

मंसिर २५, २०७४

ओलीको जवाफ छ, ‘सरकार तुरुन्त आइहाल्यो नि । एकताका लागि केही समय लाग्छ । करिव तीन महिना जति ।’

ओली प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष बन्न सक्ने अडकलवाजीलाई जोडेर सोधिएको ‘पार्टी अध्यक्ष एउटा र प्रधानमन्त्री अर्को बन्ने हो ?’ भन्ने प्रश्नमा ओलीको जवाफ छ, ‘हामीबीच त्यस्तो समझदारी भएको छैन। यो एकरदुई नेताले निर्णय गर्ने विषय पनि होइन। पार्टी एकता भएपछि सबै यसको हकदार हुन्छन्। एकता हुनुभन्दा अगाडि यो कुरा गरियो भने समस्या पैदा गर्छ। त्यसैले हामीले त्यसको चर्चा गर्दैनौं। अर्को अध्यक्ष हुनुपर्‍यो भने दुई पार्टी राखे भइहाल्यो किन एकता गर्नुपर्‍यो र हामीले अध्यक्ष होइन, एकता खोजेका हौं। पदको कुरै होइन। मिलेर देशलाई अगाडि बढाउन खोजेका हौं। जे आवश्यकता पर्छ पछि छलफलबाट त्यो गर्छौं।’
ओलीले प्रचण्ड राष्ट्रपति बन्न सक्ने सम्भावना पनि देखाएका छन् । ‘तपाइँ प्रधानमन्त्री, पुष्पकमल दाहाल राष्ट्रपति र अध्यक्ष एमालेको अर्को कोही नेता हुने सम्भावना छ कि ?’

ओलीको जवाफ छ, ‘राजनीतिमा सम्भावना रहन्छ। त्यसलाई नकार्न सकिन्न। एउटैले सबै पद लिन मिल्दैन। सम्बन्धित र सान्दर्भिक पद मात्रै लिइन्छ। अहिले पार्टी अध्यक्षको प्रश्न महाधिवेशनमा आउला। एकीकरणमा आउला। पार्टी एकीकरणमा अध्यक्षको विषय गौण हो। प्रधानमन्त्री पार्टी अध्यक्षसँग जोडिएको विषय हो र ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,