December 9, 2017

भारी मतान्तरले  माधवकुमार नेपाल विजयी

 

  २०७४ मङ्सिर २३ शनिबार १७:१५:००

download (1)काठमाडौं । एमाले नेता माधव कुमार नेपाल काठमाडौं क्षेत्र नं २ बाट भारी मतान्तरले विजयी भएका छन् ।

नेता नेपालले २७ हजार ३६६ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका दीपक कुँइकेल १४ हजार ३६६ मत ल्याएका छन् ।

त्यसैगरी विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ७ हजार ४३६ मत ल्याएका छन् । यो क्षेत्रमा कुल ५२ हजार १३५ मत खसेको थियो । 

यसैबीच कांग्रेसका कुइँकेल र विवेकशील साझा पार्टीका आचार्यले विज्ञप्ती नै जारी गरेर नेता नेपाललाई बधाई दिएका छन् भने क्षेत्र नं २ का मतदातालाई धन्यवाद दिएका छन् ।

दीपक कुँइकेलको विज्ञप्ती
समृद्ध नेपाल निर्माणको महाअभियानको रूपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागि हुनुहुने र सदभाव ब्यक्त गर्नुहुने सम्पूर्ण मतदाताहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । लामो राजनीतिक संक्रमणकाललाई अन्त्य गर्दै शान्तिप्रक्रिया सार्थक निश्कर्षमा पुर्याउने र लोकतन्त्रलाई बलियो बनाउने क्रममा हामी छौं । निर्वाचन लोकतन्त्रको आधार स्तम्भ हो ।

निर्वाचनको परिणामलाई सहजरुपमा लिनुपर्छ । काठमाडौ क्षेत्र नं –२ का जनताको माया–ममता र सदभाव रहँदारहँदै पनि निर्वाचनबाट आएको परिणामलाई सहजरूपमा लिएको छु । जितहार प्राविधिक विषय हुन । लोकतन्त्र जोगाउन जस्तोसुकै कठिन मोडमा पनि म कटिबद्ध छु । चुनावी अभियानका क्रममा आफूले उठाउँदै आएका स्थानीय र राष्ट्रिय मुद्दाहरू पुरा गराउँन म अविचलित रुपमा यहाँहरुसँगै रहनेछु । 

काठमाडौ लगायत देश बासीको शिर कुनैपनि अवस्थामा झुक्न दिने छैन । काठमाडौ को बिकास र उन्नतीमा बिगतमा जस्तै क्रियाशिल रहँदै यहाँहरु सँगै हातेमालो गरेर हिड्नेछु । नेपाली कांग्रेसका निम्ति तपाईहरूले दिनुभएको प्रत्येक मतको उच्च मूल्यांकन गर्दै अगाडि बढ्नेछु । मुलुकभरका आम जनता को सुख दुखमासँगै रहने प्रतिबद्धता पनि ब्यक्त गर्दछु ।

निर्वाचनको परिणामबाट कत्तिपनि बिचलित नहून देशभरका लोकतान्त्रिक पक्षधरहरु र शुभचिन्तकलाई आग्रह गर्दै निर्वाचन सम्पन्न गराउन सहयोग गर्नुहुने सूरक्षा निकाय,कर्मचारी, संचारकर्मी, उध्योग÷ब्यवसायी लगायतलाई हार्दिक धन्यवाद दिन चाहन्छु । मेरो क्षेत्र लगायत समग्र स्थानमा निर्वाचित सांसदहरुमा हार्दिक बधाई तथा शुभकामना।
मुलुकको समृद्धि र लोकतन्त्र संस्थागतका लागि काठमाडौ को बिकास मा अविचलित रुपमा यहाँहरुसँगै रहनेछु । धन्यवाद, जय नेपाल 

सूर्यराज आचार्यको विज्ञप्ति
काठमाडौं क्षेत्र नं। २ को मतगणना केही समय अगाडि सकिएको छ । यस क्षेत्रबाट प्रतिनीधिसभा सदस्यमा निर्वाचित एमाले नेता माधव कुमार नेपाललाई हार्दिक बधाईको साथसाथै सुंस्कृत राजनीतिक अभ्यास स्थापना, राष्ट्रिय विकास र समृृद्धिको जनअपेक्षामा योगदान गर्न शुभ(कामना दिन चाहन्छु ।

करिब छ हप्ताको चुनावी अभियानमा यस क्षेत्रका स्थानीय बुद्धिजीवी, नागरिक अगुवा, सामाजिक संघसंस्थामा जोडिनुभएका व्यक्तित्वहरु, स्वंयसेवी साथीहरु लगायत प्रतिष्पर्धी राजनीतिक दलमा आवद्ध धेरै कार्यकर्ता समेतको सहनुभुति र सहभागिताले हामी सम्मानजनक मत (७,४३६) सहित तेस्रो स्थान हासिल गर्न सफल भएका छौं । प्रतिष्पर्धी राजनीतिक पार्टीको तुलनामा तल्लो तहसम्म चलायमान हुने संगठन नै नभएको हाम्रो दलले प्राप्त गरेको हरेक मत महत्वपूर्ण, मुल्यवान् र दुरगामी प्रकृतिको छ ।

जनताको अपार स्नेह, विश्वास र सद्भावका कारण चुनावी अभियानमा संलग्न हामी अत्यन्त उत्साहित छौं । हाम्रो क्षेत्र नं। २ को चुनाव परिचालन समूहका सबै साथीहरु, विवेकशील साझा पार्टीका शुभेच्छुक, सदस्य र नेतृत्वकर्ता साथीहरु , चन्दादाता सहयोगीहरु र अभियानमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबै व्यक्तित्वहरुप्रति म आभारी छु । सामाजिक राजनीतिक जागरणको अभियान जारी रहनेछ । हामी यस क्षेत्रका महानुभावहरुसंग भेटघाट, अन्तरक्रिया र रचनात्मक क्रियाकलापहरु मार्फत निरन्तर सामाजिक सम्पर्कमा रहनेछौं ।
चुनावपछि गठन हुने सरकारले सुंस्कृत राजनीतिक अभ्यास सहित विकास र समृद्धिको राष्ट्रिय लक्ष्य प्राप्त गर्न ऐतिहासिक भूमिका निर्वाह गर्न सकोस् । 

नेपालको जय होस् 
धन्यवाद, 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब