काठमाडौं। तीन प्रतिनिधिसभा क्षेत्र रहेको कास्कीमा बाम गठबन्धनका एमाले उमेदवारले तीनै क्षेत्रमा फराकिलो अग्रता लिएका छन् ।
कास्की क्षेत्र नं १ मा पूर्व स्वास्थ्य मन्त्री तथा एमाले उमेदवार खगराज अधिकारीले १४ हजार ८८ मत ल्याउँदै अग्रता लिइरहेका छन् । उनका निकटम प्रतिस्पर्धी कांग्रेस उमेदवार तथा कानुनमन्त्री यज्ञबहादुर थापाले ९ हजार २३५ मत ल्याएका छन् । अधिकारी र मन्त्री थापाको अन्तर ४ हजार ८५३ रहेको छ ।
त्यसैगरी कास्की क्षेत्र नं २ मा एमाले युवा नेता रविन्द्र अधिकारीले १५ हजार ६४३ मतसहित फराकिलो अग्रता लिएका छन् । उनका निकट प्रतिस्पर्धी देवराज चालिसेले १० हजार ७७७ मत ल्याउँदै पछ्याइरहेका छन् ।
यता क्षेत्र नं ३ मा पनि एमालेकै जगन विश्वकर्माले १२ हजार ९६२ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई कांग्रेसका शुक्रराज शर्माले १० हजार ३९६ मतसहित पछ्याइरहेका छन् ।
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका