काठमाडौंका २ ठाँउमा काङ्ग्रेस अगाडि, ८ ठाँउमा बाम गठबन्धन : यस्तो छ मत परिणाम

मंसिर २२, २०७४ 
 
 bam gathabandan

 

Nepali-congress-768x513

काठमाडौं – काठमाडौंका १० निर्वाचन क्षेत्रमा प्रतिनिधी सभाको निर्वाचन तर्फको प्रारम्भिक मतगणना हुँदा बाम गठबन्धनका दलले अग्रता लिइरहेका छन् । केही क्षेत्रमा भने नेपाली काङ्ग्रेसले समेत अग्रता लिएको छ । 

काठमाडौं क्षेत्र नं. १ मा नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले ३ हजार ५ सय ९० मत पाएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी विवेकशील साझाका रवीन्द्र मिश्रले २ हजार ९ सय १६ मत पाएका छन् । 

काठमाडौं क्षेत्र नं. २ मा बाम गठबन्धनका उम्मेदवार माधव नेपालले २८ सय ४० मत ल्याएर अग्रता हासिल गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका दीपक कुँइकेलले १४ सय ५४ मत ल्याएका छन् । यस्तै तेश्रो स्थानमा रहेको विवेकशील साझाका डा. सुरेशराज आर्चायले १२ सय ६५ मत प्राप्त गरेका छन् ।

यता काठमाडौं क्षेत्र नं. ३ मा बाम गठबन्धनका उम्मेदवार कृष्णभक्त राईले २ हजार ८ सय र उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसकी उम्मेदवार अम्बिका बस्नेतले २ हजार ५ सय ५१ मत ल्याएर पछ्याइरहेकी छिन् । 

काठमाडौं क्षेत्र नं. ४ मा नेपाली काङ्ग्रेसका उम्मेदवार गगन थापा अगाडि लागेका छन् । उनले ५ हजार ४ सय २२ र एमालेका राजन भट्टराईले ४ हजार ८ सय ७८ मत ल्याएर पछ्याइरहेका छन् । 

यस्तै काठमाडौं ५ मा एमालेका इश्वर पोखरेलले १४ सय र उनका प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका रामशरण महतले ६ सय १३ मत ल्याएका छन् । 
काठमाडौं क्षेत्र नं. ६ मा नेपाली काङ्ग्रेसका नेता भीमसेनदास प्रधानलाई माओवादीका झक्कु सुवेदीले ३ सय ३९ मतले पछाडि पारेका छन् ।  

काठमाडौं क्षेत्र नं. ७ मा एमालेका उम्मेदवार रामवीर महर्जनले १ हजार ७२ मत पाएका  छन् भने राप्रपाका विक्रम बहादुर थापाले ६ सय २४ मत ल्याएका छन् । ्
काठमाडौं क्षेत्र नं. ८ मा एमालेका जीवनराम श्रेष्ठ ४ हजार २ सय ५६ मत ल्याएर अगाडि रहेका छन् । उनका प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका नवीन्द्रराज जोशीले ३ हजार ८ सय ६४ मत ल्याएका छन् । 

यस्तै काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले ४ हजार २ सय ३३ र काङ्ग्रेसका ध्यान गोविन्द रञ्जितले २८ सय ७८ मत ल्याएका छन् । 

यता काठमाडौं १० मा नेपाली काङ्ग्रेसका राजन केसी अगाडि रहेका छन् । उनले ४ हजार ७४ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी हितमान शाक्यले २ हजार ७ सय ७३ मत ल्याएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

उपत्यकाका ६ स्थानबाट १३ ब्रान्डका ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका