December 2, 2017

काभ्रेमा १८ मतदानस्थल अति संवेदनशील

काभ्रेपलाञ्चोक जिल्लाका १८ मतदानस्थल अति संवेदनशील रहेको छ ।मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा १८९ मतदानस्थल र ३५० मतदान केन्द्र रहेका छन् । तीमध्ये १६ वटा संवेदनशील र १८ वटा अति संवेदनशील मतदानस्थल रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

“अति संवेदनशील र संवेदनशील मतदानस्थलमा सक्षम प्रहरी अधिकृतसहित त्यही किसिमका सुरक्षाकर्मीलाई परिचालन तथा थप गरेका छौँ ।” थापाले भन्नुभयो,

“जिल्लाको सबै मतदानस्थलका लागि नेपाल प्रहरी र म्यादी प्रहरी गरी दुई हजार ७०४, सोहि हाराहरीमा सशस्त्र प्रहरी र करिब चार सयको संख्यामा नेपाली सेनालाई परिचालन गरिएको छ,” उहाँले भन्नुभयो – “निर्वाचन सुरक्षालाई ध्यानमा राखेर आवश्यक विभिन्न स्थानमा सुरक्षा टोलीलाई तैनाथ गरिसकेको अवस्था छ, ।” त्योसँगै मतपत्रसहित मतपेटिका र मतदान केन्द्रमा खटिने टोलीलाई लिएर छिट्टै खटिने प्रमुख थापाले बताउनुभयो ।

चुनावलाई लक्षित गरेर नेकपा (विप्लव) का कार्यकर्ताले यस जिल्लामा पनि केही गर्न सक्छन् भनेर विशेष चनाखोका साथ हेरिहेको उल्लेख गर्दै उहाँले चारैवटा सुरक्षा निकायले उच्च समन्वय र सहकार्यका साथ कसरी सुरक्षा दिने भन्ने विषयमा केन्द्रित भएर काम गरिरहेको छ भन्नुभयो ।

जिल्लाको अवस्था सामान्य रहे पनि छिमेकी जिल्लामा निर्वाचन सम्पन्न भइसकेका र ती जिल्लाबाट थप चुनौती हुनसक्नेलाई पनि मध्यनजर गरेर सुरक्षा निकायले सुरक्षा प्रदान गर्ने तयारीमा रहेको प्रमुख थापाले बताउनुभयो ।प्रमुख थापाका अनुसार जिल्लाको विभिन्न नाकासहित मुख्य मुख्य चोकमा चौबिसै घण्टा चेकजाँचको कामदेखि आवश्यक्ताअनुसार खान तलासीसमेत गर्दै आएको छ । निर्वाचनका वेला उम्मेदवारलाई लक्षित गरी केही स्थानमा बम विस्फोटन गराएपछि उम्मेदवारलाई समेत सुरक्षा दिँदै आएको थापाको भनाइ छ ।सुरक्षा अवस्थालाई मध्यनजर गर्दै अहिले जिल्लाका विकट क्षेत्र डाँडापारि र कोसीपारिलगायतका स्थानमा नेपाली सेनाले अस्थायी बेस क्याम्प नै स्थापना गरी सुरक्षा दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।