December 2, 2017

सगरमाथाको उचाइ नाप्न सुरु:१० जना विज्ञको सहयोग

काठमाण्डाै । नेपाल सरकारले पहिलोपटक सगरमाथाको उचाइ मापन सुरु गरेको छ । १० जना अन्तर्राष्ट्रिय विज्ञको समेत सहयोग लिइएको सगरमाथा उचाइ मापनमा आधुनिक प्रविधि प्रयोग गरिने नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले जानकारी दिएका छन् ।

भट्टका अनुसार मापनलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न विदेशी विज्ञको सहयोग लिइएको हो । विभागले उचाइ मापनलाई प्रभावकारी बनाउन मंसिर २५ र २६ गते अन्तर्राष्ट्रिय कार्यशाला आयोजना गरेको छ । कार्यशालामा अमेरिका, चीन, भारत, जापानलगायत विभिन्न मुलुकका विज्ञ, प्रतिनिधि सहभागी हुनेछन् ।

सगरमाथाको उचाइ मापनमा नेपालले अपनाएको विधि विज्ञहरूमा प्रस्ताव गरी थप सुझाव लिएर काम अघि बढाइनेछ । नेपाल सरकारले पहिलो पटक गरेको सगरमाथाको उचाइ मापनमा विवाद नआओस् र सर्वस्वीकार्य होस् भनेर विश्वकै दक्ष विज्ञहरूलाई सहभागी गराइएको विभागको भनाइ छ ।

विभागले उचाइ मापनका लागि १२ वटा स्थलगत बिन्दुलाई आधार लिनेछ । जसमध्ये ४ वटा बिन्दुमा पुगेर काम सम्पन्न गर्नेछ । तयारी पूरा भएपछि स्थलगत काम सुरु गर्न हिमपातले समस्या बनाएकाले केही महिना ढिलाइ हुने विभागको भनाइ छ ।नेपालमा नापी विभागसँग ६० वर्षको अनुभव भएकाले नयाँ प्रविधिका विषयमा समेत दक्ष भइसकेकाले उचाइ मापन चार वर्षभित्र पूरा गर्ने जनाएको छ ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा