मैले त चित्त बुझाउँला, परिवारलाई सम्हाल्न गाह्रो छ (भिडियोसहित):प्रचण्ड

‘श्रद्धाञ्जली सभा र दाहसंस्कारमा आउनेहरुलाई धन्यवाद’

४ मंसिर, काठमाडौं । पुत्र वियोगको पीडामा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार बिहान लाजिम्पाटस्थित निवास आएकाहरुलाई उनले भने, ‘जनताले हामीबाट अभिभावक जस्तै भूमिका खोजेको छ । हामीले धैर्य गर्नुपर्छ भनेपछि बिस्तारै नर्मल हुने तिर गएको छ । नर्मल भइसकेको त छैन । पीडा ठूलै छ ।’

उनले अघि भने, ‘मैले त पार्टीको लिडरको हैसियतले, हिजोको युद्ध, शान्ति सबै घटनाले रियलाइज गर्नसक्ने नै कुरा छ तर परिवारलाई सम्हाल्न गाह्रो छ । भावुक देखिएका प्रचण्डले छोरा प्रकाश दाहालको श्रद्धाञ्जली सभामा र दाहसंस्कारमा सहभागी भएकाहरु सबैलाई धन्यवाद समेत दिए । शोकको समयमा सबैबाट रचनात्मक सहयोग पाउँदा आफ्नो परिवारलार्इ शक्ति प्राप्त भएको उनले बताए ।

 प्रचण्ड निवास पुग्नेहरुले त्यहाँ राखिएको प्रकाश दाहालको तस्वीरमा पुष्प गुच्छा चढाउने र परिवारका सदस्यहरुलाई भेटेर समवेदना प्रकट गर्ने गरेका छन् ।सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले पनि दाहाल परिवारलाई भेटेकी छन् । उनले स्वर्गीय प्रकाशको तस्वीरमा पुष्प गुच्छा चढाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का