गल्तीले आविष्कार भएको थियो एक्स–रे

 

एउटा काम गर्दै जाँदा गल्तीका कारण अर्कै नतिजा निस्कियो भने हामीलाई झोँक चल्ने गर्छ । तर, कतिपय गल्ती यस्ता पनि छन्, जसले मानव जीवनलाई सहज बनाउने काम गरेका छन् ।

सन्की भौतिकशास्त्रीका रूपमा चिनिएका विलहेल्म रोन्टजेनले अर्कै काम गर्दागर्दै एक्स–रे आविष्कार गरेका हुन् । उनी क्याथोडिक रे ट्युब बनाउन खोजिरहेका थिए । कामकै सिलसिलामा ट्युबबाट आएको ज्योति अपारदर्शी कपडामा ठोक्किएको उनले देखे ।  त्यतिबेला उनको आश्चर्यको सीमा रहेन जतिबेला उनले ट्युबबाट निस्किएको ज्योतिको सहायताले अपारदर्शी कपडापछाडि राखिएका कागज बाहिरबाटै देखे ।

त्यसपछि उनले यसको प्रयोग श्रीमतिको हातमा गरे । सन् १८९५ नोभेम्बर ८ मा विलहेल्म रोन्टजेनले पहिलो पटक आफ्नी श्रीमतिको हातको एक्सरे फिल्म निकाल्न सफल पनि भए । उनको यो अविष्कारले रेडियोलोजिको शुरूवात गरेको हो। यही कारण अहिले नोभेम्बर ८ का दिन विश्व रेडियोलोजी दिवस मनाउन थालिएको छ । त्यहि आविष्कारका लागि सन् १९०१ मा नोबल पुरस्कार द्वारा उनलाइ सम्मानित गरिएको थियो। 

यसरी एक्स–रेको आविष्कार भयो र शरीरभित्रका अंगको अध्ययनमा यसले ठूलो क्रान्ति ल्याइदियो । 

डा सुजित कुमार झाका अनुसार रेडियोलोजि भन्नाले सामन्यतया: विभिन्न तरिकाले शरिरको चित्र निकालेर शरीरको रोग पत्ता लगाउने र उपचार गर्ने एउटा चिकित्सकिय संकाय हो। यस अन्तर्गत एक्सरे, फ्लुरोस्कोपि, एन्जियोग्राफि, म्यामोग्राफि, अल्ट्रासाउन्ड, सिटि स्क्यान, पेट, एमआरआइ हरु पर्दछन्। त्यस्तै गरि यिनिहरुको प्रयोग गरेर शरीरमा अत्यन्त सानो घाउ बनाएर गर्ने अपरेसनहरु इन्टरभेन्सन रेडियोलोजी अन्तर्गत पर्दछन्।

बिरामि जाँच भन्नाले सामान्य रुपमा हाम्रो बुझाइ स्टेथोस्कोप (आला) ले बिरामी जाँच्ने र औषधि सेवन पछि निको हुने भन्ने रहन्छ। विज्ञानको दिनानुदिनको बढ्दो अन्वेषण सँगै चिकित्सा विधि पनि परिमार्जित हुँदै गएको छ। अब बिरामिको रोग पत्ता लगाउन रगत , पिसाब,  खकार शरिरका विभिन्न भाग लगायतको जाँचहरु आवश्यकता अनुसार नियमित हुन थालेका छन्। चिकित्सा विज्ञान भित्रका विभिन्न संकायहरुको सहकार्यले गर्दा बिरामिको रोग पत्ता लगाउने र निदान गर्ने काम झन सहज हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक