कात्तिक २२,काठमाडौं : ओपोले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट एफफाइभ भब्य समारोहविच आगामी कात्तिक २८ गते सार्वजनिक गर्ने घोषणा गरेको छ । काठमाडौंमा आयोजना गरिने उक्त समारोहमा नेपाल आइडलका उत्कृष्ट तीनको समेत सहभागिता रहनेछ । कार्यक्रममा नेपाल आइडलको उपस्थितीका बारेमा कम्पनीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत जानकारी दिएको हो ।

आधिकारिक फेसबुक पेज मार्फत नेपाल आइडलका उत्कृष्ट तीनको भिडियो पोष्ट गर्दै कम्पनीले मिति तथा तिनको उपस्थितीका बारेमा जानकारी दिएको हो । नेपाल आइडलका उत्कृष्ट तीनको सन्देश सहितको उक्त भिडियो मार्फत कम्पनीले सामाजिक सञ्जालमा लाइक तथा सेयर क्याम्पेनको पनि घोषणा गरेको छ ।
उक्त भिडियो लाइक तथा सेयर गर्ने मध्यबाट भाग्यशाली तीन जना छनोट गरी कम्पनीले एफफाइभ सार्वजनिक गर्ने समारोहमा सहभागी हुने तथा आकर्षक उपहार जित्ने अवसर समेत प्रदान गर्ने जानकारी दिएको छ । उक्त क्याम्पेन नोवेम्बर ८ देखि १२ सम्म चल्ने छ ।
सार्वजनिकको तयारीमा रहेको ओपोको नयाँ फोन एफफाइभ नेपालमा ब्राण्डकै पहिलो फुल स्क्रिन मोडल हो । साथै यसमा नेपाली सेल्फी प्रेमीलाई विशेष ध्यानमा राखि उद्योगकै पहिलो आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) प्रविधि उपलब्ध गरिएको छ । यसले कम्पनीको ‘दि सेल्फी एक्स्पर्ट एण्ड लिडर’को परिचयलाई थप सुदृढ बनाउनुका साथै सेल्फी मनपराउने यूवा जमातको समग्र मागको सम्बोधन गर्ने आशा गरिएको छ ।
‘क्याप्चरिङ दि रियल यू’
नेपालमा उपस्थित फोन ब्राण्ड मध्य पहिलो पटक ओपोले यस फोन मार्फत सेल्फीका लागि फ्रण्ट क्यामेरामा आर्टिफिसियल ईन्टेलिजेन्सी प्रविधि समाहित गरेको छ । नयाँ सेल्फी एक्स्पर्टमा अत्याधुनिक एआई ब्यूटी प्रविधि उपलब्ध छ । यसले वैश्विक फोटो डाटाबेस मार्फत आर्टिफिसियल ईन्टेलिजेन्सीको प्रयोग गर्दै सेल्फीलाई अझ आकर्षक बनाउन सघाउने कम्पनीको दावी छ ।
पहिलो फुल स्क्रिन उपकरण
सार्वजनिक हुन लागेको नयाँ उपकरण ओपोकै पहिलो फुल स्क्रिन एफएचडी डिस्प्ले मोडल हो । यसले फोनको आकार ठूलो नबनाइकनै जीवन्त तथा उत्कृष्ट दृष्यानुभुति दिन्छ । उच्च रिजोल्यूशन क्षमता सहितको स्क्रिनले उपभोक्तालाई जीवन्त दृष्यानुभुति प्रदान गर्छ । नेपाली बजारमा नयाँ फोन नोेवेम्बर १५ देखि उपलब्ध हुने जनाइएको छ ।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक
काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा