चीनले १ खर्ब २० अर्बमा बनायो यस्तो थीम पार्क  ! (फोटोफिचरसहित)

 

चीनको ग्वेझोउ इलाकामा एक थीम पार्क बनाइएको छ । आगामी डिसेम्बरमा यो पार्कको निर्माण पूरा हुनेछ । यो पार्कको विशेषता के भने यहाँका सबै चिज वास्तविक जस्ता लाग्दछन् । अर्थात् तपाइँ छुट्टै संसारमा पुगेजस्तो अनुभव गर्नुहुनेछ । कहीँ एलियन घुमिरहेका हुनेछन् त कहिले तपाइँको अगाडि ड्रागन खडा हुनेछ ।

 चीनको प्रसिद्ध एनिमेसन कम्पनी ओरिएन्टल टाइम्स मिडिया कर्पोरेसनले यो पार्कको निर्माण गरेको हो । यो भर्चुअल रियालिटी प्रविधिमा बनाइएको छ । तपाइँ जब पार्कभित्र छिर्नुहुनेछ तपाईंलाई सबैखाले भर्चुअल रियालिटी ग्याजेटहरु लगाउन दिइनेछ । अनि तपाईंसामु हुनेछ एक छुट्टै संसार ।

यो पार्कको आधाभन्दा धेरै काम सकिएको छ । डिसेम्बरमा यो सर्वसाधारणका लागि खुल्ला हुनेछ । यो पार्क बनाउनमा १ खर्ब २० अर्ब रुपैयाँभन्दा धेरै खर्च लागेको छ ।

पार्कको बीचमा १७४ फिट अग्लो फिल्म प्रदर्शन गर्ने ट्रान्सर्फमर मेसिन जडान गरिएको छ, ताकि टाढैबाट देखेर बच्चाबच्चीहरु आकर्षित होउन् ।

३ सय २० एक्कड क्षेत्रफलमा बनेको यो पार्कमा अलग अलग ब्लक छन् । कतै तपाइँले अन्तरीक्षको यात्रा गर्नुहुनेछ त कतै ड्रागनसँग युद्ध । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक