October 13, 2017

प्रचण्डमाथि २६ बुँदे आरोप लगाउँदै लोकेन्द्र विष्टद्वारा पार्टी परित्याग, स्वतन्त्र भएको घोषणा !

काठमाडौं । नेकपा माओवादीका प्रभावशाली नेता लोकेन्द्र विष्टले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।   विष्टले आफू अब स्वतन्त्र भएको घोषणा गरेका हुन् ।

‘मैले पार्टीको केन्दीय कार्यालय सदस्य, पर्यटन र केन्द्रीय उत्पादन विभाग, पर्यटन विभागको इन्चार्ज र पार्टी सदस्यबाटै राजिनामा दिएको छु । सामान्य जनसाधरण र शुभचिन्तक मात्रै हुँ । म अहिले स्वतन्त्र छु,’ उनले भने,‘ समर्थक शुभचिन्तक कसको हुने भन्ने कुरा मैले सोच्नु पर्छ । सोच्नु पर्छ किन भने म कसैको लगाभमा छैन । म ‘इन्डिपेन्डेन्ट’ छु । हिजो पार्टी सदस्य लिनेबेला पनि स्वतन्त्र थिएँ । पार्टी सदस्य लिएर चालिसवर्ष करिब काम गरेँ । अब पनि म फेरी स्वतन्त्र भएँ । अब कता लाग्ने वा नलाग्ने मेरो सेल्फ डिसिजनको कुरा भयो । न म प्रचण्ड र ओलीको एकता हुने पार्टीमा हुन्छु न प्रचण्डको पार्टीमा छु न त अर्को कोही को । अहिले म स्वतन्त्र छु ।’

उनले आफ्नो राजिनामा पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई बुझाइ सकेको समेत बताए । ‘कुनै ठोस जिम्मेवारी दिए फेरी माओवादीमा फर्कनु हुन्छ ? भनेर दियोपोस्टले सोधेको प्रश्नमा उनले भने,‘ म अब फर्कन्न । अब मेरो काम गर्ने पुग्यो । मैले अझै पाँच सात वर्ष गरिएला भन्ने सोचेको थिएँ । तर, यहाँ त्यस्ते भएन । मेरो मात्रै के कुरा धेरै साथीहरु त्यत्तिकै घाम तापेर बसेका छन् ।’

उनले माओवादी अध्यक्ष प्रचण्डमाथि विभिन्न २६ बुँदे आरोप समेत लगाएका छन् । वाम धुर्विकरणमा १० बुँधे र अन्य १६ बुँदे आरोप माओवादी अध्यक्ष प्रचण्डमाथि लगाएका छन् । विष्टले भनेका छन्,‘,‘लभ गर्ने एउटा सित, ,लगनगाँठो अर्कै सित, भन्ने एउटा गर्ने अर्कै, ओँठमा चुम्बन गर्ने पिठ्युमा छुरा रोप्ने, दिनलाई रातरातलाई दिन, लुकिङ लन्डन टर्निङ टोकियो, भातका लागि साथ विर्सने, लाभका लागि भात विर्सने, हिँड्दै पाइला मेट्दै गर्ने, डर मान्नेको भर मान्ने, भर मान्नेको डर मान्ने, साथी र शहीदको रगत÷लाशमाथि आफ्नो निजी र निहितस्वार्थपूर्तिमा चुर्लुम्म डुब्ने, चरम अविश्वसनीय चरित्र र प्रवृति ।’

यसअघि विष्टले बुझाएको २१ बुँदे कार्यान्वयनमा कुनै तत्परता देखाएको, सिंगो संगठन सेटमा चलायमान गर्ने नभएर आफू र अंश मात्र रमाएको, बेला बखत समयसमयमा चित्त नबुझे निस्किएर गए हुन्छ भन्दै धम्क्याएको, पार्टी टुक्रा टुक्रा भएर जाँदा पनि आफू दोषी नहुनु तर अरुलाई मात्रै दोषी करार गरेको, पार्टीलाई संस्थागत र सामुहिक भन्दा पनि नितान्त व्यक्तिगत चिन्तन र सोँचमा चलाएको लगायत आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,