आजका पत्रपत्रिकाका फ्रन्टपेज

१९ असोज, काठमाडौं – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेससहित ६ राजनीतिक दलले प्रदेश र केन्द्रको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका छन् । बिहीबार राजधानीबाट प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले यो विषयलाई मुख्य खबर बनाएर छापेका छन् ।

सरकारले सुरक्षा ग्यारेन्टी नगरेको र दोषीलाई कारबाही गर्ने उचित कानुन नबनाएको भन्दै देशभरका चिकित्सकहरु आन्दोलित भएका छन् । आन्दोलित देशभरका चिकित्सकहरुले हेल्मेट लगाएर उपचार गर्न थालेको खबरलाई पनि आजका पत्रपत्रिकाहरुले प्राथमिकतामा राखेका छन् ।

 

सरकार परिवर्तनको खेलमा नलाग्ने भनेर वाम गठबन्धनले सार्वजनिक गरेको धारणालाई पनि आजका पत्रपत्रिकाहरुले लेखेका छन् । यसका अलावा वैदेशिक रोजगारमा भएको ठगी, उम्मेदवार छान्न र घोषणापत्र बनाउन वाम गठबन्धनले दुई कार्यदल बनाएको खबरलाई पनि पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा स्थान दिएर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय