भक्तपुर नगरपालिका–७ स्थित हनुमानघाट नदीको किनारमा बसेर वाल्मीकि ऋषिद्वारा रामायण लेखिएको दाबी गरिएको छ । भारद्वाज संस्कृति सम्बद्र्धन केन्द्रले उक्त क्षेत्रमा बसेर वाल्मीकिले रामायण लेखेको दाबी गर्दै आएको छ । आजको गोरखापत्रमा खबर छ ।

विसं २०६७ मा केन्द्रले जनकपुरमा विभिन्न क्षेत्रका विद्वान् र इतिहासविद्सहितको उपस्थितिमा रामायण सम्मेलन गर्दा भक्तपुरको हनुमानघाटबाहेक अन्य क्षेत्रमा बसेर वाल्मीकिले रामायण लेखेको पुष्टि नभएकाले हनुमानघाटमा नै बसेर रामायण लेखिएको केन्द्रका अध्यक्ष चैतन्यराज देवकोटाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हनुमानघाटमा रहेको वीर, भद्रा र तमसा नदीको त्रिवेणीको सङ्गम स्थलमा नजिकै बसेर वाल्मीकिले रामायण लेख्नुभएका हो, सो ठाउँबाहेक अन्य कुनै पनि स्थानमा बसेर वाल्मीकिले रामायण लेखेको पुष्टि भएको छैन । ” आश्विन शुक्ल कोजाग्रत पूर्णिमाका दिन वाल्मीकि दिवस मनाइने गरिन्छ ।
अहिले वीर, भद्रा र तमसा नदीको सङ्गमको छेउमा वाल्मीकिले पुस्तक च्यापेर रामायण लेखेको मूर्ति यथावत् छ । मूर्ति कहिले र कसले निर्माण गरिएको भन्ने प्रमाण अहिलेसम्म नभेटिएको देवकोटाले बताउनुभयो ।
इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ वाल्मीकिले भक्तपुरको हनुमानघाटमा बसेर रामायण लेखेको शिलालेख नभेटिए पनि सो ठाउँमा वाल्मीकिको मूर्ति हुनु आफैँमा वाल्मीकिले सोही ठाउँमा बसेर रामायण लेखेको सशक्त प्रमाण भएको बताउनुभयो ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय