नेइमार पिता: बार्सिलोना छाडेर नेइमारले राम्रो अवसर गुमाए

एजेन्सी, १५ असोज । चर्चित फुटबल स्टार नेइमारका पिताले आफ्नो छोरोले बार्सिलोना छाडेर राम्रो अवसर गुमाएको बताएका छन् ।

हाल फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेलिरहेका नेइमारका पिताले आफ्नो छोरोले बार्सिलोना छाडेपछि पहिलो पटक यस्तो अभिव्यक्ति दिएका हुन् । यहि सिजन पिएसजीले विश्व कीर्तिमानी मूल्य २२ करोड २० लाख युरोमा बार्सिलोनाबाट नेइमारलाई क्लब भित्र्याएको थियो ।

फ्रान्सेली टेलिभिजन टेलीफुटसँगको अन्तर्वार्ताको क्रममा नेइमारका पिताले आफ्नो चाहनाबारे खुलासा गर्दै भने, ‘म मेरो छोरो बार्सिलोनामा नै रहोस् भन्ने चाहन्थेँ ।’ उनको आशय नेइमार बार्सिलोनामै रहनु पर्ने भन्ने थियो । नेइमार जुनियरका एजेन्ट पनि रहेका नेइमार सिनियर हुन् ।

उनले नेइमार जुनियरले बार्सिलोनामै बसेर लियोनल मेस्सी तथा लुइस स्वारेजसँगै खेलेको भए बालोन डी’ओर वा अरु उपलब्धी पाउने सम्भावना बढी हुने सम्भावना औंल्याए । यद्यपि नेइमार क्याम्प नाउ बस्न नचाहेको र उनले पिएसजी जान चाहेकाले अनुबन्ध सम्भव भएको नेइमार सिनियरले स्पष्ट पारे ।

उनले आफ्नो छोरोले ला लिगाको कम्फर्ट जोनबाट बाहिरिन चाहेको खुलासा गरे । बार्सिलोनामा रहँदा नेइमार मेस्सीको छायाँ बनेको भन्ने आशय व्यक्त गरे पनि उनले यसबारे स्पष्ट भाषा बोलेनन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि