वावुरामलाई हराउन खोज्दा गोरखा नहारोस : डा. भट्टराई

वावुरामलाई हराउन खोज्दा गोरखा नहारोस : डा. भट्टराई  "फोटो फिचर सहित"

 

 ०५ असोज, काठमाण्डौं ।
      नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पुर्व प्रम डा.वावुराम भट्टराईले गोरखामा आफुलाई हराउन खोज्दा जिल्लाले नहारोस भन्ने चेतावनी दिएका छन । “एउटा आशक्ति गोरखामा जसरि पनि वावुरामलाई हराउने भनेर लागेको सुनेको छु तर मैले हार्दा गोरखाको विकाश र संवृद्धिले नहारोस” भनेर गम्भिर हुदै उनले भने । गोरखा संपर्क समिति काठमाण्डौंले आयोजना गरेको शुभकामना आदन प्रदान तथा चियापान समारोमा शुभ कामना मन्तव्य दिने क्रममा उनले उक्त कुरा राखेका हुन ।

हिजोमात्र नेकपा माओवादि केन्द्रका अध्यक्ष प्रचण्डले गोरखामा भएको एक कार्यक्रममा वावुरामलाई हराउन पर्ने आशयको निर्देशन सहितको मन्तव्य दिएका थिए । स्थनिय चुनाव देखिकै माओवादि केन्द्र जसरि पनि वावुराम हराउ अभियानमा सवै हतकण्डा अपनाएर अगाडि वढेको देखिन्छ ।

हजारौ गोरखालीहरुको उपस्थित रहेको वनस्थलिको च्छो रोल्पा पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा आफुलाई मायाँ गरेर २–२ पटक सम्म गोरखाली जनताले जिताएकोले यस पटक पनि जिताउनेमा निश्चिन्त रहेको डा.भट्टराईको भनाई रहेको थियो । गोरखा वजारवाट एक ईन्चि अगाडि वाटो नवढेको तथा अवुवाको दरौंदिको पुल भन्दा वाहेक कुनै पुल नभएको गोरखामा आफु अर्थमन्त्री र प्रधानमन्त्री हुँदा भच्चेक माथि र लेक लेक सम्म वाटो तथा ठाउँ ठाउँमा पक्कि पुलहरु निर्माण गरेको समेत उनले उल्लेख गरेका थिए ।

डा.भट्टराईले गोरखाली जनता सचेत भैसकेकोले अव सवैले कुरा वुझेका छन तसर्थ “झिङ्गाले सरापेर डिङ्गा मर्दैन” भनेर व्यांग्य समेत गर्न भ्याएका थिए । मन्तव्यको क्रममा उनले भावुक हुँदै “म त ६४ वर्षको वुढो भएँ मेरो आफ्नो लागि वन्नु पर्ने अरु छुट्टै कुनै महत्वकाँक्षा छैन तर विकाश र सुन्दर गोरखा युवा पिढीलाई हस्तान्तरण गरेर मर्ने धोको भने अझै वाँकि छ त्यो अवसरको लागि मलाई प्रयोग गर्नुस” भनेर सवै गोखालीलाई समेत भावुक वनाएका थिए । 

संपर्क समितिका अध्यक्ष विश्वनाथ अधिकारीले अध्यक्षता गरेको उक्त कार्यक्रममा शहिद शुरेश वाग्लेका छोरा दिपक वाग्लेले नयाँ शक्तिले मार्क्सबाद व्यवाहारीक पाटो समातेकोले आफु वुवाको सपना साकार हुनेमा ढुक्क भएको वताएका थिए । नयाँ शक्तिले शहिद र मार्क्सबाद छोड्यो भन्ने माओवादिको आरोपको खण्डन गर्दै मर्क्सबाद सिरानीमा हालेर सुत्ने धार्मीक ग्रन्थ नभएको तथा मार्क्सबाद  विकाश र सम्वृद्धिको विज्ञान भएकोले हामी त्यो मार्गमा लाग्नु पर्ने समेत वताएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना