नेपाल छिरेकै हुन् त राम रहीमकी ‘हनी’ ?

88062296912345काठमाडौं । भारत हरियाणाका तथाकथित साधु बाबा राम रहीम आफ्नो आश्रम डेरा सच्चा सौदाका साध्वीहरूको यौन शोषण गरेको आरोपमा जेलमा बन्द छन् । तर उनकी छोरी भनिँदै आएकी र कतिपयले छोरी होइन भनी चित्रण गर्ने गरिएकी हनीप्रीत इन्सान कहाँ छन् भन्ने सवाल रहस्यपूर्ण बन्दै गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार देशका विभिन्न भागमा हनीप्रीतको खोजी गर्दै छापा मारिएको भए पनि उनको अवस्था अझै अज्ञात छ । भारतीय सञ्चार माध्यमले हनीप्रीतलाई जोगाउन हरियाणा प्रहरी नै जिम्मेवार रहेको आरोप लगाएका छन् । आजतक टेलिभिजनले हरियाणा प्रहरीको सहयोगमा हनीप्रीत भागेको दाबी गरेको छ । हनीप्रीतलाई पछिल्लोपटक राम रहीमलाई दोषी ठहर्याइँदाको दिन २५ अगस्तमा राम रहीमसँगै सुनारिया जेलसम्म जाँदै गरेको देखिएको थियो । तर त्यसपछि हनीप्रीत कता लागिन् प्रहरीसमेत आश्चर्यमा छ ।

हनीप्रीतमाथि बाबा राम रहीमलाई भगाउन षड्यन्त्र रचेको आरोप प्रहरीले लगाएको छ । २५ अगस्तका दिन राम रहीमविरुद्ध फैसला भएपछि राम रहीमलाई अदालत परिसरबाटै भगाउन हनीप्रीतले हेलिकोप्टर तयार पारेको र सँगै दंगा भड्काउने कोसिस गरेको प्रहरीको आरोप छ । यसै आरोपमा हरियाणाको पञ्चकुला प्रहरीले हनीप्रीतको खोजी गर्दै लुकआउट नोटिस जारी गरेको छ । 

पञ्चकुलाका पुलिस कमिस्नर एएस चावलाले सञ्चार माध्यमसँग भनेका छन्, ‘‘राम रहीमलाई भगाउन खोज्ने व्यक्तिहरूविरुद्ध एफआईआर दर्ता गरिएको छ । ती व्यक्तिहरूसँग सोधपुछ गर्दा यो प्रकरणमा यदि हनीप्रीतको समेत संलग्नता पाइयो भने उनीमाथि कारवाही हुन्छ ।’’

कुनै बेला बाबा राम रहीमसित जतिखेर पनि साथसाथै देखिने र सिँगारिएर क्यामराका अगाडि प्रस्तुत हुन रुचाउने हनीप्रीतलाई अहिले प्रहरी र सञ्चार माध्यम दुवैले खोजिरहेका छन्, तर क्यामराले सबैभन्दा बढी खोजिरहेका बेला उनीचाहिँ बेपत्ता छन् । 

भारतीय सञ्चार माध्यम भन्छन्, हनीप्रीत नेपाल भागिन् 

कतिपय भारतीय सञ्चार माध्यमले हनीप्रीत हरियाणाबाट भागेर नेपाल पसेको आशंका गरेका छन् । गुरमित राम रहीमलाई आफ्ना कुकृत्यका कारण कुनै बेला आफू पक्राउ पर्न सक्छु भन्ने कुरा पहिलेदेखि नै थाहा थियो । 

त्यसैले हनीप्रीत र राम रहीमले विदेशमा गएर लुक्ने गम्भीर योजना बनाएका थिए । दैनिक जागरणका अनुसार यसै कारण दुबई, क्यानडा, अमेरिका र सिंगापुर आदि देशमा डेराको नाममा जमिन किनिएको थियो, ताकि अप्ठ्यारो पर्नासाथ भागेर त्यहीँ बस्न सकियोस् । 

डेरा सूत्रलाई उद्धृत गर्दै सञ्चार माध्यमले लेखेका छन्, गुरमित जेल पर्दाबित्तिकै हनीप्रीत सिरसा डेरामा पुगेकी थिइन् । उनले आफ्नै निगरानीमा सिसिटिभी क्यामरा फुटाल्न लगाउनुका साथै त्यसको रेकर्ड डिलिट गर्न लगाएकी थिइन् । उनले डेरामा रहेको अपार रकमसमेत ठेगान लगाइन् र म्यानेजिंग कमिटीका विश्वासपात्रहरूलाई आगामी रणनीति बताएर भूमिगत भइन् ।

भारतीय सञ्चार माध्यमका अनुसार हनीप्रीतको खोजीमा भारतीय प्रहरीले व्यापक अभियान चलाइरहेको छ । शनिबार विहार पुलिस र नेपाल पुलिसबीच हनीप्रीतलाई खोज्नेबारे गम्भीर छलफल चलेको भारतीय सञ्चार माध्यमको दाबी छ । 

हनीप्रीतका सम्बन्धमा नेपालसँग सीमाना जोडिएका विहारका सातवटा जिल्लामा अलर्ट घोषित गरिएको भारतीय सञ्चार माध्यमले लेखेका छन् । भारतीय गुप्तचर निकायलाई उद्धृत गर्दै हनीप्रीत विराटनगरको बाटो नेपाल पसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दैनिक जागरणका अनुसार हनीप्रीतका बारेमा भारतीय दूतावास नेपाली राजदूतावासको सम्पर्कमा बसेको छ । 

हनीप्रीतको गिरफ्तारीका लागि हरियाणा पुलिसले ‘र’ र ‘आइबी’ आदि गुप्तचर संस्थाका साथै नेपाल पुलिससम्म सम्पर्क कायम गरेको छ, तर खासै परिणाम हात लाग्न सकेको छैन ।

तर नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज न्यौपानेले यसबारेमा प्रहरीमा कुनै जानकारी नआएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको