एजेन्सी । वैज्ञानिकहरुले मानिसमा क्यान्सर भए नभएको पत्ता लगाउने डिभाइस बनाएको दाबी गरेका छन् ।
पेनजत्रै यो डिभाइसले क्यान्सर भए नभएको १० सेकेण्डमै पत्ता लगाउने उनीहरुको दाबी छ । टेक्सस युनिभर्सिटीका वैज्ञानिकहरुले पत्ता लगाएको यो डिभाइसले क्यान्सर फैलिन नदिन र बेलैमा उपचार गर्न सहयोगी हुने विश्वास लिइएको छ ।
साइन्स ट्रान्स्लेशनल मेडिसिनमा प्रकाशित रिपोर्टमा यो डिभाइसको परीक्षण ९६ प्रतिशत सफल हुने उल्लेख गरिएको छ । यो डिभाइसलाई क्यान्सरको संभावना रहेका शरीरको अंगमा राखेपछि त्यसबाट एक थोपा पानी झारिन्छ ।
त्यसपछि जिवित कोशिका भित्रका रसायन त्यहि पानी राखेको ठाउँतिर आउँछन् र त्यसलाई परीक्षणका लागि यो डिभाइसले सोस्छ । यो डिभाइसको सहयोगबाट एकप्रकारको रासायनिक फिङ्गरप्रिन्ट तयार हुने र यसले डाक्टरहरुलाई क्यान्सर छ या छैन भन्ने कुरा थाहा पाउन सजिलो हुने बीबीसीले जनाएको छ ।
डाक्टरहरुलाई सामान्य र क्यान्सर लागेका तन्तु छुट्ट्याउन सधैं ठूलो चुनौती हुने गरेको छ । सहज प्रयोग र बढी विश्वसनीय यो डिभाइसले क्यान्सर रोगका लागि डाक्टरहरुलाई पनि धेरै हदसम्म सहयोग मिल्ने अनुमान गरिएको छ ।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ