प्रचण्ड चितवनबाट चुनाव लड्ने !

फाइल फोटो

भरतपुर, २३ भदौ । पूर्वप्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले अागामी निर्वाचनमा अाफू चितवनबाट चुनाव लड्ने बताएका छन् ।प्रेस सेन्टरले भरतपुरमा अायाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै अध्यक्ष प्रचण्डले भने, ‘वीरगञ्ज बैठकबाट म चितवनमा चुनाव लड्ने निर्णय भएकाे छ ।’ चितवन देशकाे एउटा विशिष्ट जिल्ला रहेको भन्दै उनले भने, ‘यसकाे राष्ट्रिय राजनीतिमा विशेष भूमिका पनि छ, त्यसैले म चितवनबाट चुनाव लड्दैछु ।’चितवनलाई देशकै उत्कृष्ट शहर बनाउने उद्घोष गर्दै उनले भने, ‘म समग्र देशकाे अनुभव लिएर चितवन अाउँदैछु, समग्र चितवनलाई उत्कृष्ट शहर बनाउन सकिन्छ ।’

‘यसकाे दीर्घकालीन विकासकाे गुरुयाेजना बनाउँदैछु,’ उनले भने, ‘भरतपुरलाई स्मार्ट सिटी मात्रै नभएर उत्कृष्ट शहर बनाउनुपर्छ ।’ उनले चितवनलाई विश्वकै उत्कृष्ट शहर बनाउन चीनियाँहरुसँग पनि कुरा गरेकाे जानकारी दिए ।उनले भने, ‘छिटै यसकाे गुरुयाेजना बन्छ । चितवन देशकै राजनीतिक र अार्थिक गतिविधिकाे केन्द्र हाे, यसलाई देशकै उत्कृष्ट जिल्ला बनाउने सपना छ ।’ उनले नदी नियन्त्रण र व्यवस्थापन, निकुञ्ज व्यवस्थापन, कृषिकाे अाधुनिकिकरण, प्राविधिक शिक्षाकाे गुणात्मक विकास, रिङ राेड, सञ्चार लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेकाे जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय