हेर्नुहोस् वडाध्यक्षको कार्यालयमा सुत्ने तरिका !

भाद्र १८, रुपन्देही – स्थानीय निकायको निर्वाचन पछि गाउँगाउँमा विकासका लहर पुगेको पार्टीहरूले दाबी गरिरहँदा रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष भने कार्यालयमा मस्त निन्द्रामा वडाका विकासे सपना देखि रहेका छन् ।

sutuwa-ward-adhichya

स्थानीय निकायको निर्वाचनमा उपेन्द्र यादवको सङ्घीय समाजवादी पार्टीका तर्फबाट वडाध्यक्षमा विजयी भएका राम वेलास यादवको कार्यालयमा दिउसै सुत्ने बानीका कारण स्थानीय जनता हैरान भएका छन् ।

उनी बिहान समयमै कार्यालय त आउँछन्, तर, बिहानको खाना खाएर केही छिन आँगनमा सुत्ने बानी परेका उनी कार्यालयमा सेवाग्राहीलाई पर्खाएरै मस्त सुत्ने गरेको स्थानीयको भनाई छ । ‘अध्यक्ष ज्यू सधैँ यस्तै हो हजुर हामीले कतिपल्ट भन्यौं कमसेकम मान्छे आउँदा त अलिक हेक्का राखिदिनु पर्ने हो ।’ एक वडा सदस्यले भने ।

उनको यो हरकत नयाँ हैन, गाउँमा कुनै कार्यक्रम भएको छ भने उनी कुर्सीमा बस्ना साथ उङ्न थाल्छन् । कहिले काँही कार्यालयमै भित्रबाट चुकुल लगाएर सुत्ने गरेको स्थानीयको भनाई छ । उनको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा भाईरल भएको छ । फेसबुक प्रयोगकर्ताले उनको तस्बिरमा कमेण्ट गर्दै राजनीतिमा सही नेतृत्व आउन नसकेको तर्क गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा