प्रधानमन्त्री अमेरिका जाँदै : चीनको गोप्य भ्रमणपछि परराष्ट्रमन्त्री पनि न्युयोर्क जाने

प्रधानमन्त्री शेरबहादुर देउवा आगामी असोज पहिलो साता अमेरिका जाने भएका छन् । राष्ट्रसंघीय महासभामा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् । यो उनको दोस्रो विदेश भ्रमण हुनेछ ।sher-bahadur-deuba-5978c5622b15e9.59681815

भ्रमणको तयारी गर्न निर्देशन
देउवाले सुरुमा तेस्रो चरणको निर्वाचनका बेला अमेरिका भ्रमणमा नजाने बताएपनि महासभामा उनको सम्बोधनको पालो असोज ५ वा ६ मा आउने भएपछि उनी त्यसतर्फ जाने योजना बनेको हो । परराष्ट्र मन्त्रालयले पनि नेपाल यसपटक अन्तर्राष्ट्रिय मानव अधिकार परिषद्मा उम्मेदवार भएकाले जानुपर्ने भन्दै आएको थियो ।
दुई बर्षदेखि महासभामा नेपालको प्रधानमन्त्रीस्तरमा सहभागिता नभएकाले पनि जानुपर्ने भन्ने सुझाव आएपछि देउवाले भ्रमणको तयारी गर्न निर्देशन दिएको परराष्ट्रका एक अधिकारीले बताए ।  

देउवाले संविधानलगायतका विषयमा बोल्ने
१ सय ९३ मुलुकको उपस्थिति रहने राष्ट्रसंघको महासभामा प्रधानमन्त्री देउवाले नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यावन्यनलगायतका विषयमा बोल्ने तयारी छ । उनले राष्ट्रसंघको साइडलाइनमा उच्चस्तरीय राजनीतिक भेटघाटसमेत गर्ने कार्यक्रम तय भइरहेको परराष्ट्र अधिकारीले बताए ।

परराष्ट्रमन्त्री महरा चीन जाने
प्रधानमन्त्री देउवाका सथामा उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा पनि रहनेछन् । महरा न्युयोर्क प्रस्थान गर्नुअघि चीन पुगेर फर्कने छन् । महरा आगामी साता चीन जाने तयारीमा छन् ।   

निकै ‘गोप्य’ भ्रमण
आगामी मन्त्रीपरिषदमा महराको चीन भ्रमण र देउवाको न्युयोर्क भ्रमण टोली तय हुने गरि काम भइरहेको छ । देउवाको भ्रमण टोली तय नभए पनि महराको भने भ्रमण निश्चित हुने परराष्ट्र उच्चअधिकारीले जानकारी दिए । चीनसमेत हेर्ने उत्तरपूर्वी महशाखाले महराको भ्रमणलाई निकै ‘गोप्य’ भ्रमणको संज्ञा दिएको छ ।

भ्रमण हुन्छ तर तिथि भन्न मिल्दैन,’ महाशाखाका एक अधिकारीले भने । अघिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक अवस्था भन्दै अन्तिम समयमा महासभामा सहभागिता रद्द गरेका थिए । त्यस्तै त्यसअघि सुशील कोइरालाले पनि अन्तिम समयमा तत्कालिन उपप्रधानमन्त्री प्रकाशमान सिंह नेतृत्वमा टोली पठाएका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स