August 18, 2017

तीन दिनभित्रमा प्रदेश र संघ निर्वाचनको मिति घोषणा हुने

०२  भदौ

आज समीक्षित सबै पत्रिकामा निर्वाचन आयोग र प्रमुख तीन दल प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक गर्न सहमत भएको खबरले महत्त्व पाएको देखिन्छ ।  

 प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको छलफलमा प्रदेश र संघका दुईवटै निर्वाचन एकैपटक गर्न प्रमुख तीन राजनीतिक दल र निर्वाचन आयोग सहमत भएका छन् । आयोगले हिउँदमा हिउँ पर्ने हिमाली क्षेत्रका ३१ जिल्लामा ४ मंसिरमा र बाँकी जिल्लामा लगत्तै निर्वाचन गर्ने प्रस्ताव दलसामु राखेको समाचारमा जनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारसम्ममा निर्वाचन मितिको टुंगो लगाइसक्ने बताएका पनि समाचारमा उल्लेख छ ।

 समाचारअनुसार एकैपटक निर्वाचन गर्नका लागि निर्वाचन आयोगले केही सर्त अगाडि सारेको छ । मुख्य समाचारअन्तर्गत नै ‘एकैपटक निर्वाचनका लागि आयोगका सर्त’ उपशीर्षकको अर्को समाचारमा जनाइएअनुसार तीन दलसँगको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले भदौ ५ भित्र निर्वाचन ऐन ल्याइदिन र भदौ १५ भित्र क्षेत्र निर्धारण गरिदिन आग्रह गरेका थिए ।अन्नपूर्ण पोस्टमा ‘तीन दल–आयोग छलफल, प्रदेश र संघीय चुनाव दुई चरणमा’ शीर्षक दिएर चिरञ्जीवी ढुंगानाले लेखेको समाचारमा एकै दिन दुवै निर्वाचन गर्ने गरी सरकारले आइतबारसम्म मिति घोषणा गर्ने उल्लेख छ । 

अन्नपूर्ण पोस्टमा नेकपा (एमाले) नेता सुवास नेम्बाङले दुई चरणमा मतदान हुने भए पनि मतगणना भने दोस्रो मतदान सकिएपछि मात्र सुरु गर्न आयोगले प्रस्ताव गरेको बताएका छन् । कान्तिपुरमा ‘आयोगको प्रस्ताव, चुनाव दुई चरणमा’ शीर्षक दिएर दुर्गा खनाल र राजेश मिश्रले लेखेको समाचारअन्तर्गत ‘२ मतपत्र, ४ छाप’ उपशीर्षकमा दलहरू र आयोगबीच भएको समझदारीअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा प्रत्यक्ष र समानुपातिकका छुट्टाछुट्टै गरी दुइटा मतपत्र हुने तर छाप भने चार ठाउँमा लगाउनुपर्ने उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता