August 11, 2017

डाक्टरको भेषमा दलालको विगविगी, हरेक अस्पतालमा एजेण्ट राख्दै ग्राण्डिको लुट

काठमाडौं । नेपालमा अन्तराष्ट्रिय स्तरको स्वास्थ्य सेवा उपलब्ध गराउने गफ चुटेर स्थापित भएको गुणस्तर भन्दा प्रचारप्रसारमा समय खर्चेर सर्वसाधारणको जनधन माथि खेलवाद गर्ने ग्राण्डि इन्टरनेशनल हस्पिटलको ठगीको थप कर्तुत तीव्रखबरलाई प्राप्त भएको छ ।

कम तलवका अयोग्य डाक्टरहरु राखी विरामीको स्वास्थ्य माथि खेलवाड गर्दै आएको सो अस्पतालमा दलाल एजेण्टको भरमा विरामीहरु रिफर गर्न लगाई महंगो शुल्क लिएर भर्ना गर्न लगाउने र उपचारको समयमा डाक्टरहरु बिरामीको रोग प्रति अनभिज्ञ बन्ने गरेको त पुरानै चर्चा हो । तर बिरामीको स्वास्थ्य स्थिति ठिक छ या छैन, भनेर साधेको मात्र पनि ‘इन्भेष्टिगेसन चार्ज’ भन्दै प्रत्येक्ष ठगी गर्ने गरेको छ । उक्त अस्पतालमा बिना उपचार बिरामीलाई ठगी गरेपनि मानवीय हिसाबले अस्पतालको कर्तुत बिरुद्ध बोल्ने कर्मचारीहरुलाई धमाधम निकाल्न थालेको स्रोतले बताएको छ । आफुलाई पुग्ने जति रकम लिइसकेपछि यस अस्पतालमा बाँकी उपचार हुन नसक्ने भन्दै बिरामीको बिचल्ली बनाउने उक्त अस्पतालको ठगीको थप प्रमाण तीब्रखबर डटकमलाई प्राप्त भएको छ । हुन त, उक्त अस्पतालका ठगी प्रकरणका फेहरिस्तहरु हामीसंग धेरै छन् ।

विभिन्न अस्पतालमा डाक्टरको भेषमा ग्राण्डिले परिचालन गरेको दलाल एजेण्डहरुको भरमा उक्त अस्पतालको लुट् चलिरहेको छ । ग्राण्डिले शिक्षण अस्पताल महाराजगंजमा दलालको रुपमा चक्रराज पाण्डेलाई प्रयोग गर्दै आएको फेला परेको छ । उनले शिक्षण अस्पतालबाट अधिकांश विरामीहरु ग्राण्डिमा रिफर गर्ने गरेका छन् ।
कतिपय विरामीहरु चर्को शुल्क बुझाउँदा पनि ग्राण्डीमा उपचार हुन नसकेको गुनासो गर्दै आएका छन् । साधारण रोगलाई पनि ठूलो बनाएर साहस र सम्पत्ति गुमाउन लगाइ त्यहाँबाट बिचल्ली बनाइएपछि अन्य अस्पतालहरुमा गएर सफल उपचार गराएका उदाहरणहरु धेरै छन् । यसबाट पनि प्रष्ट हुन्छ की स्वास्थ्य जस्तो संवेदनशिल कुरामा पनि उक्त अस्पताल कत्तिसम्म गैरजिम्मेवार छ ।

ग्राण्डि अस्पतालले बिना उपचार रकम अशुल गरेको बिल ।

सामान्यतः स्वास्थ्य संस्थाहरुले अन्य उपभोग्य बस्तुसरह सरकारी कर (भ्याट) लिन पाउँदैन् । तर ग्राण्डिले भने १३ प्रतिशत नै भ्याट लिने गरेको छ । उपचार नगराएपनि डाक्टर तथा नर्शको सेवा शुल्क त स्वभाविकै भएपनि इन्भेष्टिगेशनको नाममा ठूलै रकम बिल उठाएर ठगी गर्न पनि ग्राण्डि पछि परेको छैन । अचम्म त झन् यो छ की विरामी र आफन्तलाई समेत थाहा नहुने शिर्षकमा पनि रकम अशुल्ने गरेको छ । यसबाट प्रष्ट हुन्छ, ग्राण्डि इन्टरनेशनल अस्पताल विरामीको लागि जिवनदान स्थल होइन, कालको निम्तो दिने कारक बन्दैछ । यतातिर स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकाय ध्यान जान सकेको छैन् ।

ठगी धन्दामा तल्लिन रहेको सो अस्पतालको थप कर्तुतहरु हामीसंग सुरक्षित छन् । अन्य कर्तुतहरुको पनि तीब्रखबरले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने