रामचन्द्र फर्कंदा प्रचण्ड मख्ख !

Ram-chandra-jhaकेपी ओलीलाई गाली गर्दै एमाले परित्याग गरेका रामचन्द्र झा माओवादी पार्टी प्रवेश गरे । त्यहाँ पनि आफ्नो भविष्य नदेखेर उनी बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी प्रवेश गरेका थिए । तर, बाबुरामकै पार्टीमा भाँडभैलो मच्चिएपछि चतुर रामचन्द्रले अन्ततः माओवादी केन्द्रमै फर्कने निधो गरेका छन् ।

नयाँ शक्तिमा एकपछि अर्को गर्दै वरिष्ठ नेताहरु नै लाखापाखा लाग्ने क्रमले तीव्रता लिएपछि उक्त दलभित्र असन्तुष्टिको आँधी नै चलेको छ । यही लहरमा पार्टीको सह–सयोजकको जिम्मेवारीमा रहेका रामचन्द्र झाले पुनः नेकपा (माओवादी केन्द्र)मै क्रियाशील हुने निर्णय गरेका हुन् ।

झालगायतका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता जनार्दन शर्मा, उर्मिला अर्याल, मातृका यादव, श्रवण यादवलगायतका नेताहरुसँग छलफल शुरु गरेका समाचार केही दिनदेखि नै चर्चामा थियो । यसपछि रामचन्द्र, रामकुमार शर्मालगायतका नेताले माओवादी केन्द्र फर्कने निधो गरेका हुन् । उनीहरुले तराई–मधेशमा माओवादीलाई शक्तिशाली बनाउने वचन दिएपछि सम्मानका साथ पार्टीमा फर्काउन प्रचण्ड सहमत भएको बताइन्छ । यसअघि झा एमाले प्रवेश गर्ने हल्ला चलेको थियो । तर, उनले यो हल्ला निराधार भन्दै प्रचण्डको साथ रोजेका हुन् । प्रदेश नम्वर २ मा स्थानीय तहको निर्वाचन हुनैलाग्दा मधेसका वरिष्ठ नेताहरु पार्टीमा पुनः फर्केकोमा प्रचण्ड दंग परेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का